२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको आधिकारिकता विवादः देउवा पक्षको रिटमा अन्तरिम आदेश आएन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज अन्तरिम आदेश नदिने निर्णय गरेको छ।

यससँगै निर्वाचन आयोगको निर्णयअनुसार तत्कालका लागि गगन थापा नेतृत्वको कांग्रेसलाई अगाडि बढ्ने बाटो खुलेको छ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि आज न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो।

सुनुवाइपछि इजलासले अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउनुअघि दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ।

यसअघि निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई अद्यावधिक गरिसकेको छ।

सोही निर्णयका आधारमा थापा नेतृत्वको कार्य समितिले पार्टीका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याइसकेको छ।