• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   रूग्ण उद्योग पुन:सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ: प्रधानमन्त्री ★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल

राप्रपा केन्द्रिय कार्यसम्पादन समितको बैठक, अध्यक्ष थापाको प्रतिबेदन अनुमोदन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ । बैठकले, अध्यक्ष कमल थापाद्धारा समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि ६ पृष्ठ लामो प्रतिवेदन पेश भएको छ ।

प्रतिवेदन माथि सघन छलफल भई सर्वसम्मतीले अनुमोदन गरेको छ । प्रतिवेदन माघ १७ गतेदेखि काठमाण्डौमा बस्ने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिने राप्रपाले जनाएको छ । बैठकमा महामन्त्री भास्कर भद्राद्धारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धि प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्धारा आर्थिक प्रतिवेदन पेश भएको छ । उक्त प्रतिवेदनहरु पनि केन्द्रीय समितिको बैठकमा पेश हुनेछ । केन्द्रीय महाधिबेशन पार्टीको आगामी मुख्य कार्यक्रम हुनेछ ।

केन्द्रीय महाधिबेशनका लागि यस अधिको बैठकमा जिम्मेवारी प्रदान गरिएका उपाध्यक्ष तोरण बहादुर गुरुङ्गद्धारा बैठकमा पेश भएको साँगठनिक तह निर्वाचन सम्बन्धि नियमावली २०७६, निर्वाचन निर्देशिका २०७६ र निर्वाचन कार्यतालिकालाई सामान्य परिमार्जन सहित अनुमोदन गरिएको छ । जुन माघ १७ गते बस्ने पूर्ण बैठकमा पेश गरिनेछ ।राप्रपाको केन्द्रीय कार्य समितिको बैठक माघ १७ गते विहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।