२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस: रसुवागढी नाका १५ दिनका लागि बन्द



अ+ अ-

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चीनसँग जोडिएका सीमामा कडाई गर्न थालेको छ । चीनबाट आउने पर्यटकबाट सो भाइरस नेपाल आउने सम्भावना बलियो भएपछि दुई वटा नाका नै बन्द गरेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि तातोपानी र रसुवागढी नाकाबाट नेपाल आउने पर्यटकलाई रोक लगाइएको हो । दुवै देशको आपसी सहमतिमा रोक लगाइएको गृहमन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार १५ दिनका लागि रोक लगाइएको हो ।

उनका अनुसार सो क्षेत्रबाट नेपालबाट चीनतर्फ जाने नेपाली नागरिकका हकमा पनि यो व्यवस्था लागू हुनेछ । शर्माले भने,‘चीनतर्फ ल्होसार पर्व पनि रहेछ । सडकको अवस्था पनि राम्रो छैन । कोरोनाको संक्रमणको जोखिम पनि छ । त्यसैले केही समयका लागि आवतजावत रोक्न सहमत भएका हौँ ।’ यसैगरी सरकारले पूर्वी सीमाबाट आवतजावत गर्नेहरूका लागि भारत र नेपाल दुवैतर्फ निगरानी र परामर्श सुरु गरेको छ ।

भारतले नेपालबाट आउने व्यक्तिलाई चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका लागि छानबिन गर्न सुरु गरेपछि नेपालतर्फ पनि परामर्श कक्ष राखिएको हो । कोरोना भाइरसको लक्षण पाइए त्यस्ता व्यक्तिलाई थप परीक्षणका लागि नजिकैको अस्पतालको लग्ने व्यवस्था गरिएको दुवै देशका अधिकारीहरूले बताएका छन् । भारतले पश्चिम बंगालको दार्जिलिङ, नेपालको सीमा र बागडोग्रा विमानस्थलमा गरी चारवटा ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । सौर्य दैनिकबाट