४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रोजगारी सिर्जना गर्न करिव २ अर्ब खर्च गर्दै सरकार

रोजगारी सिर्जना गर्न करिव २ अर्ब खर्च गर्दै सरकार
अ+ अ-

काठमाडौँ । केपी शर्मा ओलीले शुरुवात गरेको प्रधानमन्त्री रोजगार कार्याक्रम खारेज गरेर सरकारले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम ल्याएको छ ।

वैदेशिक ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झारपात उखेल्ने, कुलो बनाउनेजस्ता अनुत्पादक क्षेत्रमा परिचालन गरिएपछि सो कार्यक्रम खारेज गर्न दबाब परेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न मन्त्रिस्तरीय निर्णय गरेर निर्देशिका जारी गरिएको छ ।
आन्तरिक रोजगार प्रवद्र्धन गर्न नेपाल सरकारले घोषणा गरेको आन्तरिक रोजगार प्रवद्र्धन दशक अभियानका कार्यक्रम र प्रतिवद्धतालाई कार्यान्वयन गर्ने साझा कार्यक्रमको रूपमा राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको लागि कानूनी प्रवन्ध गर्न निर्देशिका ल्याइ कार्यान्वयन गरिएको श्रम मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले साबिकको प्रधानमन्त्री रोजगार कार्याक्रम अब नरहेको बताउनुभयो । त्यसको सट्टामा अब राष्ट्रिय नयाँ कार्यक्रम ल्याइएको हो । यो कार्यक्रम संघसहित, सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा चल्नेछ ।

राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत मुलुकको श्रम वजारमा आउने युवा श्रम शक्तिलाई श्रम बजारको माग अनुरुप सीप सिकाई, रोजगार, स्वरोजगार तथा उद्यमशीलता विकास गर्ने कार्यक्रम संचालन गरिने घिमिरेले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीवाट फर्किएका व्यक्तिहरुको सीप, पूँजी, अनुभव र प्रविधिलाई मुलुकको श्रम बजारको माग अनुरुप प्रवद्र्धन गरी रोजगार, स्वरोजगार र उद्यमशीलता विकासका लागि सञ्चालित कार्यक्रमहरुसमेत संचालन गरिनेछ भने  स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचिकृत वेरोजगारहरुलाई लक्षित गरी सञ्चालन हुने न्यूनतम रोजगारीको कार्यक्रम संचालन गर्ने योजना छ ।

सहसचिव घिमिरेले भन्नुभयो–‘खासगरी वैदेशिक रोजगारीवाट फर्किएका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन हुने पुनःएकीकरण कार्यक्रम समेत रोजगार प्रवद्र्धन कार्यक्रममार्फत संचालन हुनेछ । यो कार्यक्रम अन्तर्गत वेरोजगार, रोजगारीको खोजीमा रहेका, वैदेशिक रोजगारीवाट फर्केका, राज्यले विशेष सहुलियत उपलब्ध गराउनुपर्ने व्यक्तिहरुलाई लक्षित गरेर रोजगारी दिइनेछ ।’

यो कार्यक्रम सुरु गर्न करिब २ अर्ब यसै आर्थिक वर्षको बजेटमै राखिएको छ । अब त्यसैबाट खर्च गरिनेछ । उहाँका अनुसार यो कार्यक्रम संचालनका लागि राष्ट्रिय निर्देशक समितिको व्यवस्था निर्देशिकाले गरेको छ ।

श्रम मन्त्रीको अध्यक्षतामा रहने समितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  अर्थ मन्त्रालय,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकएक जना सचिवहरु सदस्य रहनेछन् भने  नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी समेत सदस्य रहनेछन् ।

गाउँगाउँमा रोजगार सेवा केन्द्र समेत रहनेछन् । रोजगार सेवा केन्द्रको काम, कर्तव्य र अधिकार स्थानीय तहको स्वीकृत कार्यक्रम गर्नुका साथै न्यूनतम रोजगार कार्यक्रम व्यवस्थापन सम्वन्धी कार्य, वालश्रम तथा वाध्यकारी श्रम निवारण सम्वन्धी कार्य, सामाजिक सुरक्षा कोषसँग सम्वन्धित कार्य, आन्तरिक रोजगार प्रवद्र्धन र वैदेशिक रोजगारीसँग सम्बन्धित कार्य, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको सीप, पूँजी, अनुभव तथा प्रविधिको उपयोग र उद्यमशीलता विकाससँग सम्वन्धित कार्य, सीप तथा क्षमता विकास, व्यवसाय तथा उद्यमशीलता विकासका लागि वैङ्क तथा वित्तीय संस्थासँग समन्वय र सहजीकरण सम्वन्धी कार्य गर्नेछ ।
निर्देशिका अनुसार मन्त्रालयवाट सञ्चालनमा ल्याइएको श्रम संसार प्रणालीसँग आवद्ध गरी स्थानीय तहले प्रयोगमा ल्याएको श्रम र रोजगारसँग सम्वन्धित सूचना प्रणाली सञ्चालनको कार्य, श्रम र रोजगारसँग सम्वन्धित सूचना प्रणालीको प्रयोग गरी स्थानीय तहमा वेरोजगार, आंशिक रोजगार, रोजगार, स्वरोजगार तथा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको अभिलेख समेत त्यस्तो केन्द्रले राख्नेछ ।

निर्देशिका अनुसार राष्ट्रिय रोजगार प्रर्वद्धन कार्यक्रम अन्तर्गत सीप विकास तालिम सञ्चालन गरिनेछ । श्रम बजारको माग अनुरूपको सीपयुक्त र व्यावसायिक जनशक्ति आपूर्ति गर्न कम्तीमा तीन सय नब्बे कार्यघण्टाको व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन गर्न गरिनेछ भने  तालिम सञ्चालन गर्दा सैद्धान्तिक र व्यवहारिक दुवै विषय समावेश गर्नु पर्नेछ । सीप विकास सम्वन्धी तालिम सञ्चाचन गर्दा असी प्रतिशत व्यवहारिक एवम् प्रयोगात्मक सीप र वीस प्रतिशत सैद्धान्तिक ज्ञान दिने गरी विधि अवलम्वन गर्नुपर्नेछ । कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्दा सम्बन्धित उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकलाई संलग्न गराएर सञ्चालन गर्न सकिने व्यवस्था निर्देशिकामा छ ।

त्यस्तै, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सीप विकास सम्वन्धी विषयको पाठ्यक्रम स्वीकृत गर्ने, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्नेछ भने राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान मातहतका व्यावसायिक प्रशिक्षण केन्द्रले सीप परीक्षण गरी प्रमाणीकरणको लागि प्रतिष्ठानमा पठाउनु पर्ने उल्लेख छ ।
साझेदारी तथा सहकार्यमा रोजगारी सिर्जना र तालिम सञ्चालन गर्ने समेत निर्देशिकामा व्यवस्था छ । यसका लागि स्थानीय तहमा निजी क्षेत्र तथा गैर सरकारी क्षेत्रसँगको साझेदारी तथा सहकार्यमा स्थानीय श्रम बजारको माग वमोजिम सीपमूलक तालिम तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न सकिनेछ । कार्यक्रम सञ्चालन गर्दा दिगो रोजगारी सिर्जना र श्रम बजार माग अनुकूलको सीप विकाससंग सम्बन्धित कार्यक्रमलाई प्रथामिकता दिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।–