२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति

ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
Danish soldiers disembark at the harbor in Nuuk, Greenland, on Sunday, Jan. 18, 2026. (Mads Claus Rasmussen/Ritzau Scanpix via AP)
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्नुभएको छ । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाइएको एक पाठ सन्देशमा उहाँले अब आफू ‘विशुद्ध शान्तिको बारेमा सोच्न बाध्य’ नरहेको बताउनुभएको हो ।

उक्त सन्देश सार्वजनिक भएपछि नाटो सदस्य डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चेतावनीका कारण वासिङ्टन र युरोपका नजिकका सहयोगीहरूबीचको तनाव थप बढेको देखिएको छ । यसअघि ट्रम्पले नर्वे, डेनमार्क र ग्रिनल्यान्डसहित आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको थियो, जसको ती देशहरूले कडा विरोध गरेका छन् ।

अमेरिकाका परम्परागत सहयोगी राष्ट्रहरूले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै संवादबाट समाधान खोज्न आग्रह गरेका छन् । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कल्लासले युरोपले द्वन्द्व नचाहेको तर आफ्ना आधारभूत मूल्य र हितको रक्षा गर्ने अडानमा रहने बताउनुभएको छ ।

ह्वाइट हाउसले बल प्रयोग गरेर ग्रिनल्यान्ड नियन्त्रण लिने कुनै निर्णय नभएको जनाएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले राष्ट्रपतिले केही छोड्ने निर्णय नगरेसम्म अडान नबदलिने टिप्पणी गर्नुभयो । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि शान्त वार्ताबाट समाधान सम्भव रहेको बताउँदै सैन्य कारबाही हुने विश्वास नगरेको जनाउनुभयो ।

यसबीच, हजारौँ ग्रिनल्यान्डवासीहरूले सप्ताहन्तमा टापु कब्जा गर्ने कुनै पनि प्रयासविरुद्ध प्रदर्शन गरे । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले करको धम्कीले आफ्नो धारणा नबदलिने स्पष्ट पार्दै ‘हामीमाथि दबाब दिइने छैन’ भन्नुभयो । त्यहाँकी मन्त्री नाजा नथानियलसेनले सहयोगी राष्ट्रहरूको द्रुत प्रतिक्रियाले यो विषय ग्रिनल्यान्ड मात्र नभई अन्तर्राष्ट्रिय सरोकारको विषय भएको देखाएको बताउनुभयो ।

नर्वे सरकारले सार्वजनिक गरेको ट्रम्पको सन्देशमा ‘आठ युद्ध रोकेको बाबजुद नोबेल शान्ति पुरस्कार नदिइएकाले अब शुद्ध शान्तिको दायित्व महसुस नगरेको’ उल्लेख छ । सन्देशमा ‘ग्रिनल्यान्डको पूर्ण नियन्त्रण नभएसम्म विश्व सुरक्षित हुँदैन’ भनिएको छ । ह्वाइट हाउसले सन्देशको प्रामाणिकता पुष्टि गर्दै ट्रम्पले अमेरिकी नियन्त्रणले ग्रिनल्यान्डवासीलाई सुरक्षा दिने विश्वास राख्नुभएको जनाएको छ ।

नर्वेका प्रधानमन्त्री स्टोरले ग्रिनल्यान्ड डेनमार्कको हिस्सा भएको र नर्वेले डेनमार्कको पूर्ण समर्थन गर्ने स्पष्ट पार्नुभयो । साथै नोबेल शान्ति पुरस्कार नर्वे सरकारले नभई स्वतन्त्र नोबेल समितिले प्रदान गर्ने कुरा ट्रम्पलाई स्पष्ट गरिएको उहाँले बताउनुभयो ।

गत वर्ष भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कारप्रति ट्रम्पले चासो देखाउनुभएको थियो । यद्यपि सोमबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले नोबेल पुरस्कारको परवाह नगरेको र आफूलाई ‘जीवन बचाउने’ कुरामा मात्र चासो रहेको बताउनुभयो ।

ट्रम्पले करलाई कूटनीतिक मोलतोलको माध्यमका रूपमा प्रयोग गर्ने सङ्केत पनि गर्नुभएको छ । युरोपेली देशहरूले भने ग्रिनल्यान्डमा सीमित सैन्य उपस्थिति आर्कटिक सुरक्षाको मूल्याङ्कन र रूस तथा चीनसम्बन्धी चिन्ताको प्रतिक्रियामात्र भएको बताएका छन् ।

नाटोका महासचिव मार्क रुटेले ग्रिनल्यान्ड क्षेत्र सामूहिक सुरक्षाका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाूले युरोपेली सङ्घ (इयु) कुनै पनि प्रकारको जबरजस्तीको सामना गर्न तयार रहेको बताउँदै आगामी शिखर सम्मेलनको घोषणा गर्नुभएको छ ।