२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

किमद्वारा उपप्रधानमन्त्री बर्खास्त

किमद्वारा उपप्रधानमन्त्री बर्खास्त
अ अ+ अ-

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार उहाँले एक महत्त्वपूर्ण औद्योगिक मेसिनरी कम्प्लेक्सको उद्घाटनका क्रममा उच्च अधिकारीहरूमा देखिएको ‘अक्षमता, गैरजिम्मेवारी र निष्क्रियता’ विरुद्ध असाधारण रूपमा कडा र सार्वजनिक आलोचना गर्नुभएको हो ।

सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश दिनुहुँदै ‘गैरजिम्मेवार, अशिष्ट र अयोग्य’ अधिकारीहरूलाई तीव्र रूपमा हप्काउनुभयो । ‘कृपया, कमरेड भाइस प्रिमियर, धेरै ढिलो हुनुअघि नै आफैँ राजीनामा दिनुहोस्”, उहाँले भनाइलाई केसिएनएले उद्धृत गरेको छ ।

आणविक हतियार सम्पन्न उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण गम्भीर आर्थिक चुनौती र दीर्घकालीन खाद्यान्न अभावसँग जुध्दै आएको छ । यद्यपि किमले विगतमा पनि आर्थिक नीतिको कथित खराब व्यवस्थापनका लागि अधिकारीहरूलाई आलोचना गर्दै आउनुभएको भए पनि यसरी खुला रूपमा बर्खास्त गर्नु दुर्लभ मानिन्छ ।

सोमबार हामग्योङ प्रान्तमा रहेको औद्योगिक कम्प्लेक्सको अवलोकनका क्रममा किमले ‘लामो समयदेखि पराजयवाद र निष्क्रियतामा फसेका’ कार्यकर्ताहरूले राज्यको विकासमा अवरोध पुर्‍याएको बताउनुभयो । याङ ‘भारी जिम्मेवारी वहन गर्न अयोग्य’ रहेको टिप्पणी गर्दै उहाँले क्याडर नियुक्तिमा भएको ‘आकस्मिक गल्ती’ स्वीकार गर्नुभयो । “गाडी तान्ने गोरु हो, बाख्रा होइन”, भन्दै किमले प्रभावकारी र सक्षम नेतृत्वको आवश्यकता औँल्याउनुभयो ।

राज्य मिडियाले सार्वजनिक गरेका तस्बिरमा किम चिसो उत्तरपूर्वी क्षेत्रमा कामदारहरूमाझ कठोर भावमा सम्बोधन गरिरहनुभएको देखिन्छ । उत्तर कोरियाले लामो समयदेखि सेनालाई प्राथमिकता दिँदै आएको छ भने कमजोर पूर्वाधार, वन विनाश र दशकौँको खराब व्यवस्थापनका कारण बाढी र खडेरीजस्ता प्राकृतिक विपद्को जोखिममा रहेको छ ।

युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका विज्ञ याङ मू–जिनका अनुसार नयाँ मेसिनरी कम्प्लेक्स उत्तरपूर्वलाई दक्षिणतर्फ वोनसनसँग जोड्ने औद्योगिक बेल्टको हिस्सा हो, जसले देशको कुल मेसिनरी उत्पादनको करिब १६ प्रतिशत योगदान दिन्छ । उहाँका अनुसार याङको सार्वजनिक बर्खास्ती सत्तारूढ पार्टीभित्र अनुशासन कडा बनाउने र अधिकारीहरूलाई चेतावनी दिने रणनीतिसँग जोडिएको छ ।

प्योङयाङ आगामी पाँच वर्षमा पहिलो पटक हुने पार्टी सम्मेलनको तयारीमा रहेको छ । विश्लेषकहरूका अनुसार सम्मेलनमा आर्थिक नीति, रक्षा र सैन्य योजना मुख्य एजेन्डा बन्ने सम्भावना छ । गत महिना किमले शीर्ष नेताहरूको बैठकमा पार्टीभित्र देखिएका भ्रष्टाचारजन्य प्रवृत्ति र अनुशासनहीनतालाई पूर्ण रूपमा समाप्त गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, जसलाई राज्य मिडियाले ‘दुष्टता’ र हाल देखिएको ‘विचलन’ भनेर उल्लेख गरेको छ ।