४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मनोनयनको मिति सर्दैन, आचारसंहिता बाहिर गतिविधि नगर्नूः रामप्रसाद भण्डारी

मनोनयनको मिति सर्दैन, आचारसंहिता बाहिर गतिविधि नगर्नूः रामप्रसाद भण्डारी
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयनको मिति नसर्ने स्पष्ट पार्नुभएको छ ।

निर्वाचन आयोगले ४ महिनाअघि प्रकाशित कार्यतालिकाअनुसार नै निर्वाचन सम्पन्न हुने र मनोनयन पनि माघ ६ गते नै हुने बताउनुभएको हो ।

सोमवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दाखिल गर्नसक्ने बताउनु भयो । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ माघ ४ गते राति १२ बजेबाट नै लागू भइसकेको बताउँदै आचारसंहिताले नदिएका कार्यहरु नगर्न सचेत गराउनु भयो । अब कुनैपनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायतका कामहरु निर्वाचन आयोगबाट नहुने बताउनु भयो । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सबैको निष्ठा र दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब भोलि माघको ६ गते जो जो चुनिन चाहनुहुन्छ, उहाँहरुको मनोनयन पत्र दाखिल गर्ने समय हो बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म । त्यो प्रयोजनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेबाट आचारसंहिता लागू गर्ने भनेर आचारसंहितासमेत लागू भइसकेको अवस्था हो । अब सबै कार्यक्रम प्रकाशित भएर चार महिनाअघि प्रकाशित कार्यतालिकाअनुसार कार्य सम्पादन भएको र अब कुनैपनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायत विषयवस्तु सकिसकेको हुनाले तोकिएकै समयमा चुनिन चाहने दलका स्वतन्त्र उम्मेदवारहरुले भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र दाखिल गर्नुहुन्छ । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ । आयोगले निर्धारण गरेको समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्छ । दाखिल भइसकेपछि जाँचबुझ गर्ने प्रक्रिया आफ्नो ठाउँमा रहन्छन् । परिवर्तन हुँदैन । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सबैको निष्ठा र दायित्व हो ।’

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुन्ने र चुनिने अधिकार भएको बताउनु भयो । निर्वाचन सुसम्पन्न गर्न सबै सरोकारवालाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।