१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाङ समुदायले हर्षोल्लासका साथ सोनाम ल्होसार मनाए



अ+ अ-

काठमाडौँ ।तामाङ समुदायले आफ्नो नयाँ वर्षको रूपमा सोनाम ल्होसार पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरु भएको छ । यस वर्ष सर्प वर्ष पूरा गरी घोडा वर्षमा प्रवेश भएको हो ।

सोनाम ल्होसार तामाङ, ह्योल्मो लगायतका समुदायको प्रमुख सांस्कृतिक पर्व हो । यो पर्व माघ शुक्ल प्रतिपदाका दिन विभिन्न सांस्कृतिक कार्यक्रम, पूजापाठ, नाचगान र मिठाई तथा परम्परागत खानपिनका साथ मनाइन्छ ।

काठमाडौँको टुँडिखेल, बौद्धनाथ, स्वयम्भू क्षेत्रमा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन् । नेपाल तामाङ घेदुङको आयोजनामा टुँडिखेलमा तीनदिने सांस्कृतिक महोत्सव शुरु भएको छ । पर्वका अवसरमा तामाङ समुदायका घरहरू सरसफाइ गरी नयाँ लुगा लगाउने, सेलरोटी, खुवा लगायतका परिकार बनाउने र आफन्तजनसँग शुभकामना आदानप्रदान गर्ने चलन छ ।

बौद्ध गुम्बाहरूमा विशेष पूजा र लामा नाचहरू प्रश्तुत गरिन्छ । सरकारले सोनाम ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।