४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उत्तरी चीनतर्फका थप नाकाहरु खुलाउने तयारी

उत्तरी चीनतर्फका थप नाकाहरु खुलाउने तयारी
अ+ अ-

काठमाडौँ ।  सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ । सरकारले कोरोला, किमाथाकासहितका नाकाहरु खुलाउनका लागि गृहकार्य थालेको हो ।

तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकाहरुमा संरचना तयार गरेर भन्सार बिन्दुहरु विस्तार गर्ने काम भइरहेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताउनु भयो । उत्तरी नाका रसुवा र तातोपानी नाकाहरु अहिलेसम्म रहँदै आएका थिए । रसुवा नाकामा गत असार २६ गतेको बाढीले बन्द भएको थियो । तातोपानीमा पनि पहिरो गएर बाटो अबरुद्ध हुँदा बर्खायाममा उक्त नाका संचालनमा आउन सकेको थिए । वैकल्पिक रुपमा कोरोला नाका संचालनमा ल्याइएको थियो । त्यहाँ कुनै क्वारेनटाइनहरु थिएन तर पनि सो नाकामा आसिकुडा सिस्टम लागू गराएर भन्सारबाट सामान जाँचपास हुने व्यवस्था मिलाइएको थियो ।

त्यतिबेला जुत्ताचप्पलदेखि विद्युतीय गाडीहरु ठूलो परिणाममा कोरोला नाका हुँदै व्यवसायीहरुले भित्राएका थिए । सोही नाका हुँदै २ हजार भन्दा बढि इभी गाडीहरु जाँचपास गरेर व्यवसायीहरुले भित्राएका थिए । ११७ ओटा कन्टेनरबाट १९ करोडको निकासी भएको थियो ।

दशैँ लक्षित समानहरु ल्याउन महत्वपूर्ण बनेको कोरोला नाकामा थप सुविधासम्पन्न पूर्वाधारहरु बनाएर संचालनमा ल्याउन लागिएको हो । तातोपानी र रसुवागढी नाकाको भर हुन छाडेपछि कोरला, किमाथांकासहितमा संरचनाहरु बनाएर पूर्ण रुपमा संचालनमा ल्याउने तयारी भएको महानिर्देशक भण्डारी बताउनु भयो ।

महानिर्देशक भण्डारीले भन्नुभयो– ‘कोरोला नाकामा भौतिक संरचना बनाउन हामीले बजेट नै छुट्टाएका थियौँ । हामीले पूर्वाधार आफैँ बनाउन खोजेको चाइनीजहरुले हाम्रो जस्तो संरचना छ,हामीले नै त्यस्तै बनाइदिन्छौं भनेपछि कोरोला नाकामा पूर्वाधार बनाउन छुट्टाएको रकम हामीले फिर्ता गरेका छौं । त्यहाँ सुविधासम्पन्न संरचना बन्दैछ । अन्यत्र नाकामा पनि चाइनीजहरुले सडक संरचना बनेपछि संचालनमा ल्याउन सहयोग गछौँ भन्नुभएको छ । हामीले आफ्नो संरचना विस्तार गर्ने कुराहरुमा प्रयास भइरहेको छ । किमाथांकामा अहिले पनि १ दिनको बाटो हिड्नुपर्छ । बाटो पु¥याउन बाँकी छ । ओलाङचुङ गोलामा जेनजीहरुले नै नाका खोल्नुप¥यो भनिरहेका छन् । त्यहाँ बाटो बन्दैछ ।’

उहाँका अनुसार उत्तरी नाका संचालन गर्न भुगालले अप्ठ्यारो केही पारिरहेपनि पूर्वाधार निर्माणका काम चलिरहेको छ ।  महानिर्देशक भण्डारीकाअनुसार जनावरी १ देखि रसुवाको नाका सञ्चालनमा आएको छ । अहिले पनि बाटोहरु वान वे छन्, खुलाउने प्रयास भइरहेको छ । सडक विभागसँग समन्वय भइरहेको छ । तातोपानी पनि संचालनमा आइरहेको छ । ओलाङचुङगोल, किमाथांका लगायतका नाकाहरु खुलाउने प्रयास भइरहेको छ । चीनतर्फ सडक पूर्वाधारहरु बनिसकेका छन् र नेपालतर्फ त्यस्ता पूर्वाधार बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अहिले यी नाकामा नायव सुब्बा सरहका कर्मचारीहरु खटाएर केही सहजीकरण भइरहेको छ । जस्तो अहिले ओलाङचुगोलामा बाटो पुग्ने क्रममा छ, त्यहाँ पुल हाल्नुपर्ने अवस्था छ । बाटो पुगेर पुल भइसकेपछि नाका सञ्चालनमा आउनेछ ।