२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटसल टोली शनिबार अस्ट्रेलिया प्रस्थान



अ+ अ-

गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार अस्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ ।

जनवरी १९ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपालको समृद्धि स्कुल र एन्जल्स हार्ट नेसनल स्कुलको टोलीले प्रतिस्पर्धा गर्ने छ । समृद्धिले यु–१५ तथा एन्जल्स हार्टले यु–१६ उमेरसमूहमा सहभागिता जनाउने छन् ।

समृद्धिका खेलाडीमा आरभ प्रजापति, सम्यकसिद्धि तुलाधर, परिवेश आचार्य, रमन आचार्य, प्रदेश तामाङ, मिङमार आकाश गुरुङ र समन महर्जन रहेका छन् । एन्जल्स हार्टका खेलाडीमा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्री छन् । एन्जल्स हार्ट तेश्रोपटक सहभागी हुन लागेको हो भने समृद्धिको पहिलो सहभागिता हो ।

अफिसियलमा दिलबहादुर बुढाथोकी, विकास शाही र सुमन तिमल्सिना तथा व्यवस्थापकमा दिनेश महर्जन रहेका छन् । अफिसियल विकास भने अस्ट्रेलिया पुगिसकेका छन् ।