२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

देउवा, गगन, पूर्णबहादुर, शेखर एक ठाउँमा अहिलै बस्नुस : मीन विश्वकर्मा

झगडा अदालतमा छौडौ ! परिणाम जे आउछ मान्न तयार वनौ ! हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि आज घमण्ड त्यागन तयार वनौ पार्टीका लागि !

देउवा, गगन, पूर्णबहादुर, शेखर एक ठाउँमा अहिलै बस्नुस : मीन विश्वकर्मा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आउँदो निर्वाचनका लागि सबै पक्ष मिलेर जानुपर्ने जनाएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै तेता विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिल्नुपर्ने बताएका हुन्।

उनले आधा टिकटमा शेरबहादुर देउवाले हस्ताक्षर गरेको, बाँकी आधामा सभापति गगनकुमार थापाले गरेको हुँदा त्यसलाई स्वीकारेर जानुपर्ने पनि बताएका छन् ।

उनले लेखेका छन् –

आदरणीय नेताज्यू तथा साथीहरू जय नेपाल !

हाल हाम्रो पार्टी मात्रै होइन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता गंभीर मोडमा छ ।

यो अवस्थाबाट मुलुकलाई जोगाउने बलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौं ! सबैलाई आह्वान गर्यौं ! जसका कारण सबै दल निर्वाचनमा होमिएका छन् ।

तर मुलुकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफैं ठोक्दै रूँदै गरिरहेको छ ! यो हाम्रा लागि मात्र होइन मुलुक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो ।

पार्टीको नियमित महाधिवेशन हुँदै थियो । विशेष किन गर्नु परेको ? विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जबर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भंग र चयनमा किन प्रवेश गरेको ? आदि इत्यादि यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन । दौडन पर्ने हिँड्न सकेको छैन । हिँड्न पर्ने घस्रन सकेको छैन ।

विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियता संग मेरो पनि विमति छ । यसका बारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधीन छन् ।

तर प्रक्रियमा काफि बिमतिका बाबजुद पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा बिचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ ।

यसका लागि न विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, न त चौधौं महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयबाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ । केबल सबैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ ।

तसर्थ विवाद अब आयोग मात्रै होइन अदालत पुगिसक्यो । अब झगडा अदालतमा छौडौं । परिणाम जे आउँछ मान्न तयार बनौ । हिजो भाद्र २४ मा घर छोड्न तयार भयौं ज्यानका लागि आज घमण्ड त्याग्न तयार बनौं पार्टीका लागि ।

झगडिया अरू कोही होइन हामी एकाघरका हौं । हिजो भाद्र २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराउन सक्छ ।

हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो । आधामा देउवाले गर्नुभयो । बाँकीमा अब गगनले गर्नु हुन्छ । सबैको सहमतिमा उम्मेदवार चयन गरौं । उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण बनाऔ । यसका लागि देउवा, गगन, पूर्ण बहादुर, शेखर एक ठाउँमा अहिलै बस्नुस । घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् ।

त्यसैले बीपी, सुवर्ण, गणेशमान, किसुनजीले बनाएको, गिरिजाप्रसाद, सुशील र शेर बहादुरले हाँकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमंग र एकताका साथ भन्नेछन्

“ हिजो पनि रूख, आज पनि रूख, भोलि पनि रूख”

भोट के मा रूखमा ! नेपाली कांग्रेस जिन्दावाद !!

जय नेपाल !!!!!