२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप सुरू



अ+ अ-

धरान: डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिपको पहिलो दिन राहुल विश्वकर्मा एक स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा रहेका छन् ।

धरान गल्फ क्लबमा भएको प्रतियोगिताको पहिलो दिन २–ओभर ७२ को स्कोर जोडेका राहुलले सुन्दर राईलाई १ स्ट्रोकले पछि पारे।  ३–ओभर ७३ खेलेका सुन्दर राई दोस्रो स्थानमा छन्। ५–ओभर ७५ स्कोरका साथ पदम हाङ्ग लिम्बु, राम तामाङ, राजेश राई र भरत तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे।

पहिलो दिनको खेल ६–ओभर ७६ मा सकाएका देउ कुमार राई र जीवन राई संयुक्त रूपमा सातौ स्थानमा रहे। यस्तै ७–ओभर ७७ स्कोर बनाएका बुद्धिमान सुनुवार र गजेन्द्र लिम्बुले संयुक्तरुपमा नवौं स्थानमा पहिलो १८ होलको खेल पुरा गरे।

राष्ट्रिय टिमका सदस्य राहुलले फ्रन्ट नाइन २–ओभर ३८ खेले। बोगीबाट दिनको सुरूवात गरेका उनले चौथो र सातौं होलमा पनि एक–एक सट खेर फाले। तेस्रो होलमा बर्डी प्रहार गरे। यसपछि १२ औं होलको बर्डीका विरूद्ध १५ औं होलको बोगीले ब्याक नाइन इभन–पार ३४ खेले।

सुन्दर राईले पाँचौ होलमा एक सट जोगाए पनि चौथो र आठौं होलमा बोगी तथा ४–पारको नवौं होलमा डबल बोगी प्रहार गरे। यो सँगै फ्रन्ट नाइन ३–ओभर ३९ मा सकाए। यसपछि १३औं र १८औं होलमा बर्डी प्रहार गरे। तर १४ औं होलको डबल बोगीले ब्याक नाइन इभन–पार ३४ मा पुरा गरे।

प्रतियोगितामा ३८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका छन।  ब्रिटिश सेनामा कार्यरत धरानका गल्फर देउकुमार राई र दिपेन्द्र राईको प्रायोजनमा भएको दुई दिने प्रतियोगिता नेपाली गल्फमा ऐतिहासिक हो। एमेच्योर नेपाली गल्फरको लागि पहिलो पटक नगद पुरुस्कार राशीको प्रतियोगिताको थालनी भएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ।

प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो, चौथो र पाँचौं स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः २४ हजार २० हजार र १६ हजार नगद हात पार्नेछन्। शीर्ष १० स्थानसम्म रहने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।