५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुल कन्ट्याक्ट कराते: अनिशा र विन्दु फाइनलमा



अ+ अ-

काठमाडौं । एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी विन्दु चौधरी २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ५० केजीमुनि आइतबार फाइनलमा प्रवेश गरेका  छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा अनिशाले केडबलुडब्लुकी सुप्रिया गुरुङ तथा विन्दुले एपीएफकी निसा सुनुवारलाई पराजित गरे ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५५ केजीमाथि सेमिफाइनलमा एपीएफकी सुमित्रा नगरकोटीले केडब्लुडब्लुकी रसिला श्रेष्ठ तथा आर्मीकी सपना ऐडीले आर्मीकै अप्सरा कुमाललाई हराउदै फाइनल भिडन्त पक्का गरे ।

पुरुष खुला तौलसमूहमा सनीसिंह सुनुवारले आईएफकेकेका कृष्ण मण्डल, भुपेन्द्र ओलीले केडब्लुडब्लुका सुकुराम तामाङ, विष्णु थापा मगरले आर्मीका रविन्द्र लोहार र प्रवीण माझीले एपीएफका भूपेन्द्र विश्वकर्मालाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनल पुग्ने चारै खेलाडी आर्मीका हुन् ।

प्रतियोगिताको आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचनले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष सूर्य बुढाथोकी, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

सोमबार सम्पन्न हुने प्रतियोगिताको पुरुषमा १ र महिलामा २ गरी ३ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सातै प्रदेश, नेपाल आर्मी र एपीएफबाट करिब १ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका सदस्य गोपीचन्द्र शर्माले जनाएका छन् । अन्तिम दिन सोमबारै वज्र फाइटको प्रतिस्पर्धा पनि हुने आयोजकले जनाएको छ ।