२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय लिग फुटबलः सङ्कटा विजयी



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लब विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा भएको खेलमा सङ्कटाले काँक्रेविहार क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

सङ्कटाका लागि अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिलबर्ट बिल्गोले समान एक÷एक गोल गरे । अनिषको गोलमा सङ्कटाले १४औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा कृष्णले गोल गरे । त्यसपछि विशालले खेलको ५५औँ मिनेटमा गोल गरे भने गिलबर्टले खेलको ७४औँ मिनेटमा अर्को गोल थपे ।

सङ्कटाको यो पहिलो जित हो । सङ्कटाले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो । काँक्रेविहारको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।




भर्खरै