३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोर्गन क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । मोर्गन इन्टरनेसनल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा मोर्गनले नोबेल एकेडेमीलाई ४५–३१ ले पराजित गर्यो । मोर्गनका निश्चल देवकोटाले १७ अंक जोडे ।

इन्साइट भिजन पनि ग्लेसियरलाई ३७–२७ ले हराउदै सोही स्पर्धामा क्वाटरफाइनलमा पुग्न सफल भयो । इन्साइट भिजनका जश गुरुङले १७ अंक जोडे । प्लस टु ब्वाइजमै गोल्डेनगेट इन्टरनेसनल कलेजले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ६८–५१, जेभियर इन्टरनेसनल कलेजले चाणक्यलाई ६३–४० र ह्वाइटहाउसले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४१–२७ ले पाखा लगाए ।

गोल्डेनगेटका आशुतोष उप्रेतीले २५, जेभियरका सोनाम श्रेष्ठले ३० र ह्वाइटहाउसका सुरज बस्नेतले १६ स्कोर गरे ।