२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोर्गन क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । मोर्गन इन्टरनेसनल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा मोर्गनले नोबेल एकेडेमीलाई ४५–३१ ले पराजित गर्यो । मोर्गनका निश्चल देवकोटाले १७ अंक जोडे ।

इन्साइट भिजन पनि ग्लेसियरलाई ३७–२७ ले हराउदै सोही स्पर्धामा क्वाटरफाइनलमा पुग्न सफल भयो । इन्साइट भिजनका जश गुरुङले १७ अंक जोडे । प्लस टु ब्वाइजमै गोल्डेनगेट इन्टरनेसनल कलेजले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ६८–५१, जेभियर इन्टरनेसनल कलेजले चाणक्यलाई ६३–४० र ह्वाइटहाउसले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४१–२७ ले पाखा लगाए ।

गोल्डेनगेटका आशुतोष उप्रेतीले २५, जेभियरका सोनाम श्रेष्ठले ३० र ह्वाइटहाउसका सुरज बस्नेतले १६ स्कोर गरे ।