१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि सहकारी ठग हुन्, निर्वाचनमा बहिष्कार गर्छौं, लखेट्छौः महेश बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बहिष्कार गरेर अघि बढ्ने चेतावनी दिनुभएको छ ।

सभापति लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै उहाँले आसन्न निर्वाचनमा उनलाई बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्ने बताउनुभएको हो । आईतवार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन केन्द्रिय विशेष जनसभामा बोल्दै सचिव बस्नेतले गरिव जनताको पक्षमा एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सहकारी अभियान शुरु गरेपनि त्यसमा ठगी गरेकाले एमालेले आगामी निर्वाचनमा त्यसलाई मुख्य एजेण्डा बनाएर जानुपर्ने अवस्था आएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सहकारीको अभियन्ता मनमोहन अधिकारी हो, एमाले हो । आज त्यो सहकारी ठग ती साग बेच्ने, मकै बेच्ने, दाउरा बेच्ने ती हाम्रा आमा दिदीबहिनीहरुले जम्मा गरेको पैसा र ग्रामिण जीवनको अर्थतन्त्रलाई नाटकीय रुपमा दमन गर्ने, त्यो सहकारीलाई समाप्त गर्ने, त्यो सहकारी ठग रवि लामिछानेलाई त्यो सहकारी अभियन्ता एमाले अध्यक्ष केपी ओली । हाम्रो भोट त्यसलाई हो । सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेटने हो । यसपालीको आन्दोलनका एजेण्डा यही हो । १० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमति लिएर हिँडेको छ ।’

सचिव बस्नेतले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत बताउनु भयो ।