३ भाद्र २०८३, बुधबार
,
Latest
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको मलमा आगलागी: ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते



Firefighters douse a fire that broke out at a shopping mall in Karachi on January 18, 2026. (Photo by Rizwan TABASSUM / AFP)
अ+ अ-

एजेन्सी । पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले सिन्ह्वालाई जानकारी दिँदै भन्नुभयो,“आगलागी गुल प्लाजामा सुरु भएको थियो । यो बहुमंजिला मल एमए जिन्नाह रोडमा अवस्थित छ र यहाँ एक हजार २०० भन्दा बढी पसलहरू छन् ।”

प्रवक्ता अनुसार, दमकल टोलीहरूले लगातार काम गर्दै आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । आगो मलका धेरै तलाहरूमा फैलिएको छ ।
रेस्क्यु ११२२ का अधिकारी हस्सानुल हसीब खानले आइतबार बिहानसम्म करिब ४० प्रतिशत आगो नियन्त्रणमा आएको बताउनुभएको छ । “अधिकांश पसलहरूमा भाँडा, लत्ताकपडा, बिजुलीका सामान, सौन्दर्य सामग्री र इत्र रहेका थिए, जसले आगोलाई बढाएको छ,” उहाँले भन्नुभयो । साथै, प्लाजाको एउटा भाग भत्किएको र एक उद्धारकर्मी त्यसमा पुरिएको जानकारी दिनुभयो ।

उद्धार अधिकारीका अनुसार, केही मानिसहरू अझै भवनभित्र फँसेका छन् र तिनीहरूको उद्धारको प्रयास जारी छ ।

प्रहरी अधिकारीहरूले बताएअनुसार, आगो सुरुमा भवनको भुइँ तलाको पसलहरूमा लागेको थियो र छोट सर्किटका कारण फैलिएको देखिन्छ ।