२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ: ट्रम्प

इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ: ट्रम्प
डोनाल्ड ट्रम्प
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इस्लामिक गणतन्त्रमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गर्नुभएको छ । इरानमा बढ्दो मुद्रास्फीति, गहिरिँदो आर्थिक सङ्कट र शासनप्रति जनआक्रोश तीव्र बन्दै जाँदा सरकारविरोधी प्रदर्शनहरू फैलिरहेको सन्दर्भमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

पोलिटिकोसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले तेहरानको नेतृत्वले सत्ता जोगाइराख्न हिंसा र दमनको सहारा लिएको आरोप लगाउनुभयो ।

“देशको नेताका रूपमा उहाँ आफ्नो देशको लगभग पूर्ण विनाश र इतिहासमै नदेखिएको स्तरको हिंसाको प्रयोगका लागि जिम्मेवार हुनुहुन्छ”, ट्रम्पले पोलिटिकोमार्फत भन्नुभयो, “देश चलाइराख्न—त्यो काम निम्न स्तरको भए पनि—नेतृत्वले आफ्नै देशलाई सही तरिकाले सञ्चालन गर्न ध्यान दिनुपर्छ, जसरी मैले संयुक्त राज्य अमेरिकामा गरेको छु । नियन्त्रण कायम राख्न हजारौँ निर्दोष मानिसहरू मार्न आवश्यक हुँदैन ।”

राष्ट्रपति ट्रम्पका अनुसार साँचो नेतृत्व डर र मृत्युमाथि होइन, सम्मानमाथि निर्माण हुन्छ । उहाँले व्यक्तिगत रूपमा खमेनीको आलोचना गर्दै उहाँलाई ‘एक बिरामी मानिस’ को संज्ञा दिनुभयो र इरानलाई कमजोर नेतृत्वका कारण संसारमा बस्न सबैभन्दा खराब स्थानमध्ये एक भएको टिप्पणी गर्नुभयो । “उहाँले आफ्नो देश राम्रोसँग चलाउनुपर्छ र आफ्नै नागरिकलाई मार्न बन्द गर्नुपर्छ”, ट्रम्पले भन्नुभयो ।

राष्ट्रपति ट्रम्पको यो टिप्पणी इरानी सर्वोच्च नेता खमेनीले सामाजिक सञ्जाल एक्समा शृङ्खलाबद्ध पोस्ट गर्दै इरानमा भइरहेको अशान्ति र हताहतका घटनाका लागि अमेरिकालाई दोष लगाएपछि आएको हो । खमेनीले अमेरिकी राष्ट्रपतिमाथि इरानी जनताको वास्तविक इच्छालाई गलत रूपमा चित्रण गर्दै हिंसात्मक समूहहरूलाई समर्थन गरेको आरोप लगाउनुभएको छ ।

“अमेरिकी राष्ट्रपतिले तोडफोड, आगजनी र मानिसहरूको हत्या गर्ने समूहहरूलाई ‘इरानी राष्ट्र’ का रूपमा प्रस्तुत गर्नुभयो । उहाँले इरानी जनतामाथि भयावह निन्दा गर्नुभयो । हामी यस बदनामीका लागि अमेरिकी राष्ट्रपतिलाई दोषी ठान्दछौँ”, खमेनीले लेख्नुभएको छ ।

उहाँले थप आरोप लगाउँदै भन्नुभयो, “अमेरिकी राष्ट्रपतिले राजद्रोहीहरूलाई समर्थन गर्ने र उनीहरूलाई सैन्य सहयोग उपलब्ध गराउने सन्देश दिनुभयो । अर्को शब्दमा भन्नुपर्दा, अमेरिकी राष्ट्रपति स्वयं देशद्रोहमा संलग्न हुनुहुन्छ । यी आपराधिक कार्यहरू हुन् ।”

ट्रम्प र खमेनीबीचको यस्ता अभिव्यक्तिहरूले वासिङ्टन र तेहरानबीच बढ्दो तीव्र बयानबाजीलाई थप उजागर गरेको छ । विश्लेषकहरूका अनुसार यसले इरानभित्र जारी राजनीतिक अस्थिरता र शासन प्रणालीप्रति गहिरिँदो विभाजनलाई समेत स्पष्ट रूपमा देखाएको छ ।

यसैबीच, मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी ९एचआरएएनए० का अनुसार इरानमा देशव्यापी विरोध प्रदर्शन २१औँ दिनमा प्रवेश गरिसकेको छ । देशभर इन्टरनेट ब्ल्याकआउट जारी छ भने सुरक्षा निकायहरूले कडा दमनात्मक कारबाही सञ्चालन गरिरहेका छन् ।

एचआरएएनएबाट पुष्टि भएका विवरणअनुसार हालसम्म विरोध प्रदर्शनका क्रममा तीन हजार ३०८ जनाको मृत्यु भइसकेको छ भने थप चार हजार ३८२ घटनाबारे अनुसन्धान जारी रहेको छ । अहिलेसम्म दुई हजार १०७ जना गम्भीर घाइते भएको र कम्तीमा २४ हजार २६६ जनालाई पक्राउ गरिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यसै सन्दर्भमा खमेनीले पहिलो पटक सार्वजनिक रूपमा अशान्तिका क्रममा ‘हजारौँ मानिसहरूले’ ज्यान गुमाएको स्वीकार गर्नुभएको छ ।