४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

धेरै आयोजनाले एउटै समस्या भोगिरहेका छन्, हामी जानकार छौँः सहसचिव भण्डारी

धेरै आयोजनाले एउटै समस्या भोगिरहेका छन्, हामी जानकार छौँः सहसचिव भण्डारी
अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले सरकारी तथा निजी लगानीमा बनिरहेका आयोजनाहरु धेरै समस्यामा फसिररहेको बताउनुभएको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघको वार्षिकोत्सवको अवसरमा आयोजित प्यानल छलफलमा बोल्दै भण्डारीले जलविद्युतमात्रका नभई धेरै पूर्वाधारहरु समस्यामा फस्दा समयमै नसकिएको बताउनु भयो । उहाँकाअनुसार आयोजनाहरु समयमै नसकिनुको कारणबारे अध्ययन समेत आयोगले गरेको थियो । अध्ययनमा सबै मन्त्रालयहरुका प्रोजक्टहरुले एउटै समस्या भोगिरहेको पाइएको बताउनु भयो । उहाँकाअनुसार धेरै आयोजनाहरुले जग्गा प्राप्तीदेखि मुआब्जा, इआइएको समस्याबाट गुज्रनुपरेको छ ।

सहसचिव भण्डारीले भन्नुभयो– ‘हामीले गरेको अध्ययनमा सबै मन्त्रालयहरुको प्रोजेक्ट किन समयमा बनेन, आयोजनाको लागत किन बढ्यो भन्ने सन्दर्भमा सबैको एउटै समस्या आएको पाइयो । जग्गा प्राप्ति सम्बन्धि समस्या, मुआब्जा, इआइए समयमै भएन, ऐलानीका समस्याहरु देखिएका थिए । हाइड्रोपावर मात्रै नभई हरेक प्रोजेक्टहरुमा समस्याहरु आइरहेका छन् । हामीले यो विषयलाई कसरी अघि बढाउने भनेर निरन्तर स्टेक होल्डरसँग छलफल गरेका छौँ । वन मन्त्रालयसहितका निकायहरुसँग छलफल भएका छौं । हरेक पूर्वाधार उत्थानशिलमैत्री हुनुपर्छ ।’

उर्जाविद् अरुण सुवेदीले नेपालमा नीति र विधिमा आमुल परिवर्तनको खाँचो रहेको बताउनु भयो । उहाँले नीति र विधि नबदल्ने हो भने विकास सम्भव नरहेको बताउनु भयो । सुवेदीले सबै क्षेत्रलाई संरक्षित क्षेत्र अन्तर्गत राखिनु गलत हो । यसमा पुनर्विचार गर्नुपर्छ । रुखले मात्रै अक्सिजन दिन्छ भन्नु त्यो गलत बुझाइ रहेको सुवेदीले जिकिर गर्नुभयो ।

उर्जा विज्ञ सुवेदीले भन्नुभयो–‘संसारमा अक्सिजन रुखले मात्रै बनाउछ भनेर कसले भन्यो ? समुन्द्रले ५० प्रतिशत भन्दा बढी अक्सिजन बनाउछ । समुन्द्रले अक्सिजन नदिएने भए अरबका मान्छेहरु मरिसक्थे । सबै पहाडहरु संरक्षित क्षेत्र बनाउने हो भने भोलीका दिनमा अन्नपूर्ण क्षेत्रमा रियल अर्थको ठूलो डिपोजिट भयो भने उत्खनन नगर्ने ? रियर अर्थको फाइदा कति छ ?’

विद्युत विकास विभागका महानिर्देशक मनदेवी श्रेष्ठले ऐन कानूनहरु स्पष्ट नहुँदा आफूहरुलाई समेत काम गर्न अप्ठ्यारो पर्ने गरेको बताउनु भयो । उहाँकाअनुसार जलविद्युत् क्षेत्रमा धेरै नीतिहरु अस्पष्ट हुँदा निकायअनुसार बुझाइ पनि पर्ने गरेको छ ।

विद्युत विकास विभागका महानिर्देशक श्रेष्ठले भन्नुभयो–‘जुन ऐन नियमहरु हामीले बनाउछौँ त्यसमा नै हामी स्पष्ट भएर जानुपर्ने देखिन्छ । कतिपय विषयमा बुझाइ फरक छ, कर्मचारीतन्त्रले पनि हुन्छ पनि नभन्ने र हुन्न पनि नभन्ने स्थीति आइरहेको छ । बुझाइ फरक भएपछि कार्यान्वयनमा समस्या पर्ने गरेको छ ।’
उहाँले नीतिगत अस्पष्टता हटाउन अन्तरनिकाय समन्वयको प्रयास समेत भइरहेको बताउनु भयो ।