४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

प्रतिनिधिसभा बैठकमा आयोगका प्रतिवेदन पेस

प्रतिनिधिसभा बैठकमा आयोगका प्रतिवेदन पेस
अ+ अ-

काठमाडौं । कामै नगरेका र पुर्णता पनि नपाएका आयोगहरुले आफ्नो बार्षिक प्रतिवेदन भने बुझाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ती आयोगका बार्षिक प्रतिवेदन पेस गरिएको छ । सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आयोगहरुका प्रतिवेदन पेश गर्नुभएको हो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पुर्णता पाएका छैनन् । बैठकमा राष्ट्रिय मानवअधिकार आयोग , लोकसेवा आयोग र न्याय परिषद् र न्याय सेवा आयोगका २०७५/७६ को बार्षिक प्रतिवेदन पनि पेश भएका छन् ।

शुक्रबारको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी सचिव योगीले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन )विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नुभएको थियो ।

बैठकले पुर्व सांसद गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव पारित गर्दे दिवंगत आत्माको चिर शान्तिको कामना गर्दे शोक सन्तप्नत परिवारप्रति समवेदना प्रकट गरेको छ ।

शोक प्रस्तावमा भनिएको छ “प्रतिनिधिसभाको यो बैठक २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट पाल्पा जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य नेपाली कांग्रेस पाल्पाका पुर्व पार्टी सभापति, प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएका, सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने सर्वप्रिय नेतान गम्भीरजंग कार्कीको ७४ बर्षको उमेरमा मिति २०७६ साल माघ ११ गते सनिबार काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ । उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

प्रतिनिधिसभाको अर्को बैठक अगामी मंगलबार १ बजेका लागि बोलाईएको छ ।