४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकार–निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छः मन्त्री सिन्हा

सरकार–निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छः मन्त्री सिन्हा
अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताउनुभएको छ ।

२६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तोबताउनुभएको हो । उहाँले नेपालको जल भण्डारको बहुआयामिक उपभोग, उपयोग तथा स्वच्छ उर्जामार्फत समृद्धिका लागि माइलस्टोन हाँसिल गर्नसक्ने सम्भावनमा प्रचुर मात्रामा दखिएको बताउनु भयो । कानूनका समस्याबारेमा हालसम्म किन पहल भएनन् भन्ने आफ्नो गुनासो व्यवसायीहरुसँग पनि रहेको बताउनु भयो । उहाँले जलविद्युतलाई स्वच्छ उर्जाको रुपमा विकास र प्रवद्र्धन गर्न राज्यले प्राथमिकता दिनुपर्ने बताउनु भयो । जलश्रोतको साथसाथै सौर्य उर्जा र अन्य उर्जाका माध्यमलाई पनि प्राथमिकता दिन जरुरी रहेको बताउनु भयो ।

जलविद्युत उत्पादनमा देखिएको उत्साहजनक लगानी र विकासका सम्भावना बीच घरेलु कृषि, व्यवसायीक उद्योग, यातायात,निर्माण र खानीजस्ता क्षेत्रहरुमा परम्परागत उर्जालाई क्रमशः स्वच्छ र नविकरणीय विद्युत उर्जाले प्रतिष्थापन गर्नेगरी स्वच्छ उर्जा रुपान्तरण नीतिगत तथा कार्यक्रमगत प्राथमिकतामा राख्न आवश्यक रहेको पनि बताउनु भयो । व १५ वर्ष पहिला कति कानूनको आवश्यकता छ र कति वटा कानूनको अन्तरसम्बन्धले अफ्ठ्यारो परेको छ भन्नेकुराको अध्ययन भएपनि त्यसबारे हालसम्म कुनै पहल नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार, निजी क्षेत्र र नागरिक सबैको सहकार्यबाट उर्जा क्षेत्रको तुलनात्मक लाभलाई समृद्धिको आधारको रुपमा विकास गर्न सकिने अवसर हामीसामु छ । यस क्षेत्रका सबै पक्षहरुलाई दीर्घकालीन सोचबमोजिम जिम्मेवारी बहन गर्दै नेपालको जल भण्डारको बहुआयामिक उपभोग, उपयोग तथा स्वच्छ उर्जामार्फत समृद्धिका लागि माइलस्टोन हाँसिल गर्नसक्ने सम्भावनमा प्रचुर मात्रामा दखिएको छ । कानूनका कुराहरु यहाँहरुले उठाउनुभएको छ । मन्त्रालय, मन्त्रालय धाउनुपर्ने आवश्यकताका कुराहरु उठाउनुभएको छ । यहाँहरुप्रति पनि मेरो गुनासो रहेको छ । २६ वर्ष आइसक्दाखेरी कानूनमा परिमार्जन गर्नुपर्ने कुराहरुको सम्बन्धमा यहाँहरुको तर्फबाट पहल कम भयो की ? आज भन्दा करिव १५ वर्ष पहिला कति कानूनको आवश्यकता छ र कति वटा कानूनको अन्तरसम्बन्धले अफ्ठ्यारो परेको छ भन्नेकुराको अध्ययन भएको थियो । त्यसमा ३१ वटा कानूनहरुको अन्तरसम्बन्धलाई सरलीकरण गर्नुपर्ने कुरा उठाइएको थियो । वन, वातावरणका समस्या सम्बोधन गर्न एकद्वारा प्रणाली अपनाउनुपर्ने कुरा भएको थियो । त्यसबारे ठोस पहल हुन सकेको छैन ।’

उहाँले सरकारले नेपालको उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी तथा सार्वजनिक–निजी साझेदारीका सफल अभ्यासलाई अर्थतन्त्रका अन्य क्षेत्रमा सिकाईको रुमपा लिने गरेको बताउनु भयो । विद्युतीय क्षेत्रमा उदारिकरणको साथसाथै विदेशी लगानीको आगमन भइरहेको बताउनु भयो । उर्जा उत्पादनसँगै मुलुकको अर्थतन्त्रको विकास र विस्तार बाहेक बजार विस्तार, विकास तथा व्यवसायीकरणमा पनि इप्पानले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उर्जा क्षेत्रको थप विकासका लागि लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गरिरहेको बताउनु भयो ।