२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । घरेलु मैदानमा आजबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

टीयु क्रिकेट मैदानमा आइतबार बिहान भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १२२ रनमा समेटिएको थियो । बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् भने सोनु खड्काले २६ रन जोडिन् । यस्तै रुबिना क्षेत्रीले १७ रन जोड्दा पुजा महतोले १२ रन बनाइन् ।

बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।