३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डविरुद्ध नेपालले दियो १२३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपालले पहिलोपटक आयोजना गरेको महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट खेलअन्तर्गत थाइल्यान्डविरुद्धको उद्घाटन खेलमा घरेलु टोलि नेपालले १२३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन जोड्यो । बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् भने सोनु खड्काले २६ रन जोडिन् । यस्तै रुबिना क्षेत्रीले १७ रन जोड्दा पुजा महतोले १२ रन बनाइन् ।

पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्वकप खेल्ने रहेको छ ।