२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकट वितरणमा योगेश भट्टराईको असहमति



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले असहमति जनाउनु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावमा भट्टराईले लिखित असहमति जनाउनु भएको छ स्रोतका अनुसार नेता भट्टराईले निर्णय पुस्तिका लेख्नु भएको छ ‘टिकट वितरणमा असहमति छ, नोट अफ डिसेन्ट लेख्छु भन्नुभएको छ।’

भट्टराईले चुनाव लड्दै आएको ताप्लेजुङमा अध्यक्ष ओलीले पछि टुंग्याउने भनेर निर्णय सार्वजनिक गरिएको छ । भट्टराईले सामाजिक सञ्जाल मार्फत् समर्थकहरुलाई विचलित नहुन अपिल समेत गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ

नेकपा एमालेका प्रिय कमरेडहरू

निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्दछु ।

अझ उच्च मनोवल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई बिजयी बनाऊन आफनो ठाउ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु ।

हाम्रो यात्रा लामो र ग़ौरबपूर्ण छ ।