२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

पार्टीलाई देउवाको अभिभावकीय भुमिकाको खाँचो छः काँग्रेस

पार्टीलाई देउवाको अभिभावकीय भुमिकाको खाँचो छः काँग्रेस
अ अ+ अ-

काठमाडौँ : नेपाली काँग्रेसले शेरबहादुर देउवाको अभिभावकीय भुमिकाको खाँचो रहेको बताएको छ ।

शनिवार बानेश्वरमा बसेको काँग्रेसको केन्द्रीय समितिको बैठकले देउवाको अभिभावकिय भुमिकामा बस्न आग्रह गरेको हो । काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेसलाई देउवाले पु-याउनुभएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा पार्टीलाई देउवाको अभिभावकिय भुमिका निरन्तर रहिरहने विश्वास गरेको पनि बताउनु भयो । वैठकले निवर्तमान केन्द्रिय कार्यसमिति र अन्य नेताहरुलाई पार्टीको काममा फर्किन आग्रह समेत गरेको छ । पार्टीलाई अझ बढी बलियो बनाउन आ–आफ्नो तहबाट महत्वपूर्ण योगदान पु-याउन सबैसँग आग्रह गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

उहाँले पाटीले निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न लागेको पनि जानकारी दिनुभयो । निर्वाचनको लागी छोटो समय रहेकोले निर्वाचनसम्बन्धी काम गर्नको लागी तत्कालै संसदीय वोर्डको बैठक बस्ने उहाँले बताउनु भयो । बोर्डको बैठक बसेर उम्मेद्वार छनौट लगायतका काम गर्ने जानकारी दिनुभयो । उहाँले पार्टी अहिले निर्वाचनमा केन्द्रित भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले नेपाली काँग्रेसलाई पु¥याउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको छ । उहाँको आगामी दिन हाम्रो पार्टीलाई उहाँको अभिभावकिय भुमिका निरन्तर रहिरहनेछ भन्ने विश्वास र आग्रहको साथ आजको बैठकले उहाँलाई अनुरोध र आग्रह गरेको छ । सम्मान पनि गरेको छ । त्यसैगरि निवर्तमान केन्द्रिय कार्यसमितिका साथीहरु र हाम्रा अग्रज नेताहरुलाई पनि पार्टीको यो घडीमा पार्टीलाई अझ बढी बलियो बनाउन, ईतिहासको जस्तै काँग्रेस पार्टी बनाउनको लागि आ–आफ्नो तहबाट महत्वपूर्ण योगदान पु¥याउनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ । यी विशेष निर्णय हुन् आजका यी बाहेक हामीले आजदेखि निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न लागेका छौँ । किनभने हामीसँग छोटो समय छ । छोटो समयमा धेरै टाढाटाढाका साथीहरुको निर्वाचनसम्बन्धी निर्णय लिनुपर्नेछ । उम्मेद्वार छनौट गर्नुपर्नेछ । पार्टीको संसदीय बोर्डको बैठक हामी तत्कालै आजैदेखि बस्नेछौँ र चाँडो भन्दा चाँडो काम गर्नुपर्ने भएको हुनाले अहिले हामी काममा बढी केन्द्रित छौँ ।’ 

उहाँले निर्वाचन आयोगले काँग्रेसको विधान र संविधानअनुसार नै आफूहरुलाई आधिकारिकता प्रदान गरेकोले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गर्नुभयो । शेरबहादुर देउवा पक्षका नेताहरुले शनिवार नै बैठक बसी आयोगको निर्णय विरुद्धमा सर्वोच्च जाने निर्णय गरेका थिए । –न्युज एजेन्सी नेपाल

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरू –

१ निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।

२ . यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।

३ . विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।

४ . यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।

५, नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन । हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।

६ . यो नयाँ अध्याय हो— रुपान्तरणको, एकताको, विजयको ।

सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।

जय नेपाल

देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस