२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

संस्थापन पक्षले पनि गगन थापाको नेतृत्वलाई स्वीकार गरेर काँग्रेस अघि बढ्नुको विकल्प छैनः सुनिल शर्मा

संस्थापन पक्षले पनि गगन थापाको नेतृत्वलाई स्वीकार गरेर काँग्रेस अघि बढ्नुको विकल्प छैनः सुनिल शर्मा
अ अ+ अ-

काठमाडौं: नेपाली काँग्रेसका नेता नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवफ दिने क्रममा उहाँले निर्वाचन आयोगले आधिकारिकता दिलाएको काँग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरु पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभएको हो ।

उहाँले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको समेत बताउनु भयो । नेता शर्माले संस्थापन पक्षका नेताहरुलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरुले मिलाएर लैजाने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनमा काँग्रेस एक्लैले लडने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने दाबी समेत गर्नुभयो । गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि आफूहरु लाग्ने नेता शर्माको भनाई थियो ।

उहाँले भन्नुभयो,‘यो भेला जुन भयो नि । त्यो अधिकांश मानिसहरु उत्पीडितथिए । स्पेसल्ली यो गत ५ वर्ष भित्रमा नहुनुपर्ने धेरै कुराहरु काँग्रेस पार्टी भित्र भएका थिए । संस्थापनमा नलागेका साथीहरुलाई उत्पीडनमा राखिएको थियो । टिकट वितरणमा ठूलो चलखेल हुन्थ्यो । यी विविध कुराहरुले गर्दा पबलिकले पनि, आम नागरिकले पनि र क्याडरले पनि चेन्जेज चाहेको थियो । त्यो चेन्जको यो एउटा परिणाम हो । अव यसलाई सबैले स्वीस्कार जाने र पार्टीलाई मिलाएर जाने बाहेक अर्को विकल्प छैन । पार्टीलाई मिलाउनु पर्छ दुवै पक्षका नेताहरुले । अहिले पार्टी फुटेको होइन । अधिवेशन भयो । यो भ्यालिड भईसक्यो । अब अधिवेशनप्रति असन्तुष्ट राख्ने साथीहरुलाई जो अधिवेशनबाट सभापति गगनजी, विश्वप्रकाशजीहरुलगायतका साथीहरुले मिलाउनु हुन्छ । मिलाउनु पर्छ । लोकतन्त्रमा गुट स्वभाविक हुन्छ । लोकतन्त्रमा प्रतिस्पर्धाहरु त स्वभाविक हुन नि त । प्रतिस्पर्धा नै भएन भने त कम्युनिष्ट सिष्टम भईहाल्यो नि । त्यसकारण लोकतन्त्रमा प्रतिष्पर्धालाई सामान्य रुपमा लिनुपर्छ । विधि र विधान भित्र रहेर प्रतिस्पर्धा हुनुपर्छ । अहिले यो निर्वाचन आयोगले जे दिएको छ । त्यसलाई स्विकार गरेर जाने बाहेक अर्को विकल्प छैन । त्यो मिलाएर लिएर जानुपर्छ । झगडा पर्दा, टसल हुँदा कसले के भन्यो, त्यो अलग कुरा हो । आजबाट परिस्थिति चेन्ज हुन्छ । नेताहरु सबै विवेकशील हुनुहुन्छ । बुद्धिमान हुनुहुन्छ । जो अहिले डिलरसिपमा आउनु भएको छ । उहाँहरु बुद्धिमान हुनुहुन्छ । जो वर्षौसम्म पार्टी सत्ता चलाएर बस्नु भएको छ । उहाँहरु पनि बुद्धिमान हुनुहुन्छ । सबैले आफ्नो इगो त्याग्ने, काँग्रेसलाई एकढिक्का बनाएर लैजाने । आगामी निर्वाचनमा काँग्रेससँग ठूलो प्रतिस्पर्धा नै हुँदैन । अब हामी स्विप गरिहाल्छौ नि । अव सबै गाउँ छिर्ने हो । ढयाक ढयाक पारेर मेजरिटी ल्याउने हो । देउवा पक्ष ओलीसँग मिल्न जानु हुन्छ जस्तो मलाई लाग्दैन । नेपाली काँग्रेस पार्टी गठबन्धनको पक्षमा जाँदैन । सिंगल चुनाव लडछ । २६५ वटै ठाउँमा हाम्रा उम्मेदवारहरु हुन्छन् । मलाई लाग्छ–हामी मेजरिटी ल्याउँछौ । मलाई के लाग्छ भने नयाँ आएको टिम हाम्रा दाईहरु हुनुहुन्छ, अव हिजो भएको मिस्टेक अब हुँदैन होला । अहिले गठबन्धन हुन्छ जस्तो मलाई लाग्दैन । अबको मेजरिटीसहितको प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ भन्ने नै हो । त्यसमा दुविधा छैन, बनाउने हो ।’

नेता शर्माले काँग्रेस विभाजित नभएको र अब त्यसभित्र विवाद जाने जाने ठाउँ नभएको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल