२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक शुरु



अ+ अ-

काठमाडौं ।  नेपाली काँग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रिय कार्यसमिति बैठक शुरु भएको छ ।

निर्वाचन आयोगले शुक्रवार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि शनिवार नयाँ बानेश्वरमा बैठक बसिरहेको हो । यो बैठक विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आधिकारिक मान्यतापछिको पहिलो बैठक हो ।

बैठकमा पार्टीको संगठनात्मक सुधार, आगामी निर्वाचन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा निर्वाचित गर्दै नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।

यसअघि शेरबहादुर देउवा पक्षले पनि छुट्टै बैठकहरू आयोजना गरेको थियो । तर निर्वाचन आयोगको निर्णयसँगै थापा पक्ष नै आधिकारिक नेपाली काँग्रेस बनेको छ । –न्युज एजेन्सी नेपाल