• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते ★   प्रधानमन्त्री दाहालसँग पाकिस्तानका राजदूत हास्मीको भेटवार्ता ★   ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला ★   बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो ★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज ★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित

एमसीसीबारे सांसदहरुबीच एकमत बनाउने प्रयासको प्रधानमन्त्रीको रात्रिभोज



काठमाडौँ । प्रधानमन्‍त्री एव‌ं नेकपा अध्यक्षले आफ्‍ना सांसदहरुलाई मोबाइलमार्फत सन्देश पठाउँदै रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा सबै सांसदहरुलाई आज (आईतबार) राती बोलाईएको छ । सन्देशमा प्रधानमन्‍त्रीले आयोजना गरेको रात्रिभोजमा अनिवार्य उपस्थ‍ित हुन नेकपाले ुह्‍वीपु समेत जारी गरेको छ।

भोजका लागि सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना गरेका स्रोतले बताएका छन् ।

भीम रावल, झपटबहादुर रावल, देव गुरुङ लगायत नेताहरु एमसीसीको प्रावधान नेपालको हितमा नरहेको भन्दै विरोध जनाइरहेका बेला केही नेताले भने मुलुकको समृद्धिको लागि अमेरिकाबाट एमसीसीमार्फत आउन लागेको अहिलेसम्मकै ठूलो अनुदान ठूलो भएकोले स्वीकार्नुपर्ने मत राखिरहेका छन्। यस्तै मतान्तरलाई हटाई एक जुट बनाउनको लागि सो रात्रिभोजको आयोजना भएको छ ।