४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

एमसीसीबारे सांसदहरुबीच एकमत बनाउने प्रयासको प्रधानमन्त्रीको रात्रिभोज

एमसीसीबारे सांसदहरुबीच एकमत बनाउने प्रयासको प्रधानमन्त्रीको रात्रिभोज
अ+ अ-

काठमाडौँ । प्रधानमन्‍त्री एव‌ं नेकपा अध्यक्षले आफ्‍ना सांसदहरुलाई मोबाइलमार्फत सन्देश पठाउँदै रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा सबै सांसदहरुलाई आज (आईतबार) राती बोलाईएको छ । सन्देशमा प्रधानमन्‍त्रीले आयोजना गरेको रात्रिभोजमा अनिवार्य उपस्थ‍ित हुन नेकपाले ुह्‍वीपु समेत जारी गरेको छ।

भोजका लागि सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना गरेका स्रोतले बताएका छन् ।

भीम रावल, झपटबहादुर रावल, देव गुरुङ लगायत नेताहरु एमसीसीको प्रावधान नेपालको हितमा नरहेको भन्दै विरोध जनाइरहेका बेला केही नेताले भने मुलुकको समृद्धिको लागि अमेरिकाबाट एमसीसीमार्फत आउन लागेको अहिलेसम्मकै ठूलो अनुदान ठूलो भएकोले स्वीकार्नुपर्ने मत राखिरहेका छन्। यस्तै मतान्तरलाई हटाई एक जुट बनाउनको लागि सो रात्रिभोजको आयोजना भएको छ ।