१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबदेखि नेकपाकोे बैठकमा नेताहरुको फोटो नराखिने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा अबदेखि नेताहरुको फोटो नराखिने भएको छ । जारी केन्द्रीय समिति बैठकको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेको भन्दै चर्को विरोध भएपछि यस्तो निर्णय गरिएको हो ।

आइतबार केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै अबदेखि बस्ने नेकपाका बैठकमा नेताहरुको फोटो नराख्ने जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिएका हुन् । त्यस्तै उनले बैठकमा मार्क्स, एंगेल्स र लेनिनको भनाइ ‘कोट’ का रुपमा राखिने पनि बैठकमा जानकारी दिए ।

यसअघि नेताहरु राजेन्द्र राई, जगन्नाथ खतिवडा लगायतले बैठकमा नेताहरुको फोटो राखेर राजावादी शैली देखाएको भन्दै आपत्ति जनाएका थिए ।