२० श्रावण २०८३, बुधबार
,
Latest
नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरचना निर्माणमा रैथाने प्रविधिमा जोड दिनुपर्छः सुनिता डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भवन निर्माण संहितामा विशेष ध्यान दिनसके भूकम्प लगायतका विपद्बाट बच्न सकिने बताउनु भयो । उहाँले भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्र नभइ हरेक नागरिकको रहेको बताउनु भयो । भवन निर्माण गर्दा इन्जिनियरिङ पाटो पनि छोड्न नहुने र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्ने बताउनु भयो । रैथाने प्रविधिलाई सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको प्रयोगले भूकम्पको पूर्व सूचना प्रणालीसहित बचाउका उपायहरु प्रयोग गरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको भवन निर्माण संहिता रहेको छ । भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्रै होइन, यो नागरिकले नै सरकारको कार्यक्रम भनेर सोचिदिने भन्दा पनि हाम्रा लागि हामीले मान्नुपर्ने काम हो भनेर आत्मसमिक्षा गर्नुपर्ने हुन्छ । यो दायित्वभित्र हामी नै हौँ भनेर बुझ्न जरुरी छ । हामीले हाम्रा संरचना पूर्ण रुपमा इन्जिनियरिङ पाटो पनि छोड्नु हुँदैन र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्छ । विशेष गरी रैथाने प्रविधिलाई सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको छ ।’

उपप्रमुख डंगोलले नारामा मात्र नभइ पूर्वाधार काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्येक वर्ष नारामा मात्र नभइ नारा कार्यान्वयन गरी वार्षिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।