४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काँग्रेस संस्थापनको दाबीः महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र छ

काँग्रेस संस्थापनको दाबीः महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र छ
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रिय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी दोहो¥याउनुभएको हो ।

उहाँले पार्टी विधानअनुसार पार्टीका कुनैपनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पार्नुभयो । उहाँले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भएपनि ‘केन्द्र’ भन्नाले केन्द्रिय कार्यसमिति र केन्द्रिय कार्यालयलाई जनाउने उल्लेख गर्नुभयो । उहाँले गत मंसिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भएपनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सक्रियताको काम नसकेकै कारण हुन नसकेको जिकिर गर्नुभयो । उहाँले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि प्रक्रिया अगाडि बढाइएको भएपनि तत्कालीन महामन्त्रीद्वयले अत्यसअनुरुप जिम्मेवारी पूरा गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको विधानले कुनैपनि प्रकृतिको अधिवेशन, महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै दिएको छ । पार्टीको केन्द्रिय समितिबाहेक कुनैपनि पदाधिकारीलाई नेपाली काँग्रेसको कुनैपनि अधिवेशन वा महाधिवेशन गर्ने अधिकार नेपाली काँग्रेसले दिएको छैन । त्यो कुरा हाम्रो पार्टीको विधानका विभिन्न धारा र नियमावलीमा प्रष्ट छ । त्यसैले विधानको विपरित भएको छ । पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिनिले हस्ताक्षर गरी विषय खोलेर माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्ने व्यवस्था छ । विधानअनुसार केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय हो । यसको अर्थ के हो केन्द्रीय कार्यसमितिको निर्णयले मात्र विशेष महाधिवेशन गर्न पाइन्छ ।’

उहाँले गत मंसिरमा तय गरिएको नियमित महाधिवेशन हुन नसकेपछि अगामी बैशाखमा गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले गत पुस १५ गते बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकको निर्णयबाटै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर समेत गर्नुभयो ।