७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा उपाध्यक्षमा बामदेव गौतम



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरे पनि विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो ।

कतिपय केन्द्रीय कमिटी सदस्यहरुले उपाध्यक्ष पद राख्ने हो भने सबै कमिटीमा राखिनुपर्ने माग गरेका थिए । तर केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित भएको हो । केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए ।

विधान संशोधनसँगै उपाध्यक्षका काम, कर्तव्य र अधिकार पनि व्यवस्थित गरिएको उनले जानकारी दिए ।