१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा आचारसंहिता पालना गराउन कुनै कसर बाँकि राखिँदैनः प्रमुख निर्वाचन आयुक्त भण्डारी



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकि नराख्ने बताउनु भएको छ ।

शुक्रवार राजनीतिक दलहरुसँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफलमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रह समेत गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उम्मेदवारहरुलाई आग्रह गर्नुभयो । निर्वाचन आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोही अनुसार पालना हुने विश्वास पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नाजायज तरिकाले निर्वाचन आयोगले कुन पनि आचार संहिता बनाउँदैन । कानूनको लक्ष्मण रेखाभित्र रहेर कानूनलाई परिपालन गराउने सन्दर्भमा आचारसंहिता परिपालन गराउने सन्दर्भमा कुनैपनि कसर बाँकि राख्दैन भन्ने कुरा यहाँहरुले विश्वास गर्नुभएकै छ । मैले धेरै व्याख्यात्मक रुपमा उहाँहरुलाई केही भनिन । राम्रोसँग अनुशासित तरिकाले कानूनलाई परिपालन गरिदिनुस् । र खर्च गर्न पाउने त्यो सीमा कति हो, त्यो सीमा भित्र पनि रहिदिनुहोस । किनभने हामीले खर्च पनि निर्धारण गरिसकेका छौँ । खर्च गर्न पाउनेआधार पनि हामीले तोकिदिएका छौ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न गर्न सहयोग गरिदिनुस् ।’ 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुने चेतावनी समेत दिनुभयो ।