२० श्रावण २०८३, बुधबार
,
Latest
नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगलाई काँग्रेसको आग्रहः निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिइयोस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

शुक्रवार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धि छलफलका बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले निर्वाचन शब्दको उपहास हुने गरी सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको दुरुपयोग बढेकाले निर्वाचन आयोगले यसलाई नियन्त्रण गर्नका लागि तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने बताउनु भयो । नेता विश्वकर्माले सूचना प्रविधिको दुरुपयोग हुन नदिनका लागि निर्वाचन आयोगले अन्तराष्ट्रिय पर्यवेक्षकहरुको व्यवस्था गर्न उपयुक्त हुने धारणा समेत राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको दूरुपयोगलाई नियन्त्रण, नियमन र व्यवस्थापन गर्ने क्षमता निर्वाचन आयोगले राख्नुपर्छ भन्छु म । छ कि छैन ? भनेर प्रश्न गर्दिन । विगतको निर्वाचन हेर्दा अहिले कस्तो भएको छ भने सामाजिक सञ्जालमा कृतिम फेसबुकमा सर्भेक्षण फलानो प्रधानमन्त्री । मानिसलाई अनुहार आउँछ मैले त फलानोलाई भोट हाल्ने भए भएर भनेर । यो निर्वाचन शब्दको को नै उपहास भयो । निर्वाचन शब्दको शब्दकोषमा गएर हेर्ने हो भने नबोली गएर चयन गर्ने कुरालाई निर्वाचन भनिन्छ । तर हामीले सामाजिक सञ्जाल यति दुरुपयोग गरिरहेका छौ । त्यसकारण मेरो अनुरोध छ निर्वाचन आयोगलाई–यसलाई व्यवस्थापन गर्ने क्षमता बढाऔं । साईवर ब्युरो, बाह्य परिवेक्षकहरुलाई बोलाएर भएपनि यो कामलाई गरौ । अर्को यो मुलुकमा सबैभन्दा बढि दुरुपयोग भएको छ भने राष्ट्रिय झण्डाको दुरुपयोग भएको छ । सिंहदरबार जलाउँदा पनि राष्ट्रिय झण्डा, सर्वोच्च अदालत जलाउँदा पनि राष्ट्रिय झण्डा, राष्ट्रपतिलाई आक्रमण गर्न जाँदा पनि राष्ट्रिय झण्डा । त्यसकारण यो राष्ट्रको झण्डालाई प्रतिस्पर्धामा उतार्न दिनु भएन ।’ 

नेता विश्वकर्माले निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगलाई सचेत गराउनु भयो ।