१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा युवा पुस्तालाई जिताउनुपर्छ भन्ने प्रधानमन्त्री, मन्त्रीका अभिव्यक्तिहरु आपत्तिजनकः वर्षमान पुन



अ+ अ-

काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता (जेन–जी) लाई निर्वाचनमा जिताउनुपर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री कार्की तथा विभिन्न मन्त्रीहरुले सार्वजनिक भाषणहरुमा यस्ता खालको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको नेता पुनको भनाई थियो । उहाँले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयो हुन नदिने कुरामा पनि निर्वाचन आयोगलाई ध्यान दिन सुझाव दिनुभयो । शुक्रवार निर्वाचन आयोगको आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धि छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो मेकानिजमको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राज्य शक्ति, राज्यको स्रोत, साधनहरु दुरुपयोग नहोस यसमा असाध्यै ध्यान जाओस निर्वाचन आयोगको । हामी बाहिरबाट सुनिरहेका छौ–प्रधानमन्त्री, मन्त्रीजीहरुको यस्तालाई जिताउनु पर्दछ भनेर भनेको । यस्तालाई हराउनु पर्छ भनेर भनेको भाषण सुनिरहेका छौँ । यसमा कसरी हेर्नुहुन्छ ? अहिलेगैर दलीय सरकार छ । विभिन्न तहका सरकारहरु छन । प्रदेश सरकार, स्थानीय सरकार । यसमा आचारसंहितामा राम्रोसँग राखिएको छ । तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन ? यसमा निर्वाचन आयोगको भरपर्दो मेकानिज्म बनाउनु पर्ने हुन्छ । अर्को सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ ।  त्यसमा पनि निर्वाचन आयोगको ध्यान दिनुपर्ने हुन्छ ।’ 

नेता पुनले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि सूचना प्रविधिको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।