८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको आधिकारिकताबारे आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्छः रामप्रसाद भण्डारी



अ+ अ-

निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली काँग्रेसको आधिकारिता आयोगले विधि र परम्पराअनुसार निर्धारण गर्ने बताउनुभएको छ ।

निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुग्नुभएका काँग्रेसका नेताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन, र कानून रहेकाले सोहीअनुसार निर्णय हुने बताउनु भयो । निर्वाचन आयोग विधि र पद्धति भन्दा बाहिर नजाने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको आफ्नो परम्परा छ । विधि, परम्परा छ । संविधान, ऐन, कानून छ । यसको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्णय गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्नेछ । हाम्रो संस्थागत परम्परा पनि छ ।’

उहाँले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका निम्ति आवश्यक कार्यक्रम सकेर निर्वाचन सम्पन्न गराउने बताउनु भयो । नेपाली काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर केन्द्रिय कार्य समिति चयन गरेसँगै काँग्रेस विभाजित छ । दुवै पक्षले आधिकारिकता दबाी गरिरहेका छन् ।–न्युज एजेन्सी नेपाल