८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्थापनका नेताहरू निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्ष निर्वाचन आयोग गएको छ।

पार्टीका शीर्ष नेताहरू कार्यकर्तासहित आयोग पुगेका हुन्। आयोगसमक्ष पार्टीको पछिल्लो अवस्था जानकारी गराइने तथा विशेष महाधिवेशन आव्हान नगरिएको र गगन–विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध रहेको विषय औपचारिक रूपमा राखिने बताइएको छ।

यसअघि हिजो गगन नेतृत्वको कार्यसमितिले अद्यावधिक विवरणसहित टिकटबाट शेरबहादुर देउवाको नाम हटाउने प्रस्ताव गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेको छ।

यसैबीच, आजै दिउँसो २ बजे पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ।

गगन–विश्व समूहले गठन गरेको कार्यसमिति वैधानिक नभएको दाबी गर्दै संस्थापन पक्षले आयोगमार्फत औपचारिक आपत्ति जनाउन लागेको बताइएको छ।

उक्त समूहको नेतृत्व गगन थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन्। यसअघि पार्टी सभापति शेरबहादुर देउवाको नाम टिकटबाट हटाउने विषयले पार्टीभित्र विवाद चुलिएको थियो।