२९ भाद्र २०८३, सोमबार
,
Latest
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्थापनका नेताहरू निर्वाचन आयोग जाँदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्ष आज निर्वाचन आयोग जाने भएको छ।

पार्टीका शीर्ष नेताहरू कार्यकर्तासहित आयोग जाने तयारीमा रहेको एक नेताले जानकारी दिए। आयोगसमक्ष पार्टीको पछिल्लो अवस्था जानकारी गराइने तथा विशेष महाधिवेशन आव्हान नगरिएको र गगन–विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध रहेको विषय औपचारिक रूपमा राखिने उनले बताए।

यसअघि हिजो गगन नेतृत्वको कार्यसमितिले अद्यावधिक विवरणसहित टिकटबाट शेरबहादुर देउवाको नाम हटाउने प्रस्ताव गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेको छ।

यसैबीच, आजै दिउँसो २ बजे पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ।

गगन–विश्व समूहले गठन गरेको कार्यसमिति वैधानिक नभएको दाबी गर्दै संस्थापन पक्षले आयोगमार्फत औपचारिक आपत्ति जनाउन लागेको बताइएको छ।

उक्त समूहको नेतृत्व गगन थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन्। यसअघि पार्टी सभापति शेरबहादुर देउवाको नाम टिकटबाट हटाउने विषयले पार्टीभित्र विवाद चुलिएको थियो।