१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियामा २१ जना आप्रवासीको शव गाडिएको चिहान फेला



अ+ अ-

त्रिपोली। लिबियाली अधिकारीहरूले उप–सहारा अफ्रिकाबाट आएका २१ आप्रवासीहरूको शव राखिएको एउटा सामूहिक चिहान फेला पारेका छन् ।

सरकारी स्रोतलाई उद्धृत गर्दै पत्रपत्रिकाहरूले उत्तरपूर्वी शहर अजदाबियामा आप्रवासीहरूको हत्या गरेको र अरूलाई बन्धक बनाएको आशङ्कामा एक लिबियाली नागरिकलाई पक्राउ गरिएको जनाएका छन्।

लिबिया प्रत्येक वर्ष युरोप पुग्न खोज्ने हजारौँ आप्रवासीहरूको लागि एक प्रमुख ट्रान्जिट देश हो, जहाँ आप्रवासीहरूको मृत्युका खबर बारम्बार रिपोर्ट गरिएको छ।

टेलिभिजन च्यानल अल–मसारका अनुसार लिबियाको पूर्वी क्षेत्रमा रहेको आन्तरिक सुरक्षा निकायले एउटा सामूहिक चिहान फेला परेको जनाएको छ जसमा विभिन्न अफ्रिकी मुलुकका २१ नागरिकको शव रहेको छ ।

पूर्वी लिबियाका सेनाका शक्तिशाली नेता खलिफा हफ्तारसँग गठबन्धन गरेको च्यानलले फार्ममा छापा मार्ने क्रममा संदिग्धलाई पक्राउ गरिएको जनाएको छ।

लिबिया पूर्वमा हफ्तारको समर्थन रहेको प्रशासन र संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त पश्चिममा रहेको सरकारबीच विभाजित छ।

अल वासत नाम गरेको स्वतन्त्र समाचार च्यानलले ती व्यक्तिले फार्ममा आप्रवासीहरूलाई बन्धक बनाएर राखेका थिए, जसमध्ये केहीलाई छापा मारी उद्धार गरिएको थियो र पछि अस्पताल भर्ना गरिएको थियो।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा शव एकैस्थानमा थुपारिएको र एक दर्जनभन्दा बढी शवको झोला भुइँमा थुपारिएकोे देखिएको छ ।

सन् २०११ मा नेटोको समर्थन प्राप्त विद्रोहले लामो समयदेखि तानाशाह रहेका मोहमर गद्दाफीलाई सत्ताच्युत गरेपछि उत्पन्न भएको अराजकताबाट बाहिर निस्कन लिबियाले सङ्घर्ष गरिरहेको छ ।

आप्रवासी र अधिकारवादी समूहहरूको अवस्थालाई लिएर आलोचनाको सामना गरिरहेको लिवियामा लागु औषध तस्कर र मानव तस्करहरूले अस्थिरताको फाइदा उठाएका छन् । (रासस/एएफपी)