२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै

नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै
This photo provided by NASA shows clockwise from bottom left are, NASA astronaut Mike Fincke, Roscosmos cosmonaut Oleg Platonov, NASA astronaut Zena Cardman, and JAXA (Japan Aerospace Exploration Agency) astronaut Kimiya Yui gathering for a crew portrait wearing their Dragon pressure suits during a suit verification check inside the International Space Station’s Kibo laboratory module, Wednesday, Jan. 14, 2026. (NASA via AP)
अ अ+ अ-

एजेन्सी । चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् ।

अमेरिका, रुस र जापानका चारै जना अन्तरिक्ष यात्री स्पेसएक्सको क्याप्सुलमार्फत बिहीबार बिहान सान डिएगो नजिकै प्रशान्त महासागरमा सुरक्षित स्प्ल्यासडाउन गर्ने लक्ष्यमा छन् । यस निर्णयका कारण उनीहरूको मिसन एक महिनाभन्दा बढी छोटिएको नासाले जनाएको छ ।

नासाकी अन्तरिक्ष यात्री जेना कार्डम्यानले फिर्ती यात्राअघि भन्नुभयो, “हाम्रो प्रस्थान समय अप्रत्याशित भए पनि यो चालक दल परिवारझैँ एक–अर्काको हेरचाह गर्दै एकताबद्ध भएको देख्नु प्रेरणादायी रह्यो ।”

अधिकारीहरूले चिकित्सकीय गोपनीयताको कारण बिरामी अन्तरिक्ष यात्रीको पहिचान र स्वास्थ्य अवस्थाबारे विवरण सार्वजनिक नगरेको बताए । यद्यपि निवर्तमान स्टेशन कमान्डर माइक फिन्केले सामाजिक सञ्जालमार्फत उक्त अन्तरिक्ष यात्री ‘स्थिर, सुरक्षित र राम्रोसँग हेरचाहमा’ रहेको जानकारी दिनुभएको थियो । उहाँका अनुसार, विस्तृत चिकित्सकीय मूल्याङ्कन पृथ्वीमै गर्न उपयुक्त हुने भएकाले यो निर्णय लिइएको हो ।

गत अगस्टमा प्रक्षेपण गरिएका कार्डम्यान, फिन्के, जापानका किमिया युई र रुसका ओलेग प्लाटोनोभ फेब्रुअरीको अन्त्यसम्म स्टेशनमा बस्ने योजना थियो । तर जनवरी ७ मा नासाले आकस्मिक रूपमा स्पेसवाक रद्द गर्दै चालक दल चाँडै फर्कने घोषणा गरेको थियो । स्वास्थ्य समस्या कुनै आपतकालीन नभएको र स्टेशन सञ्चालनसँग सम्बन्धित पनि नरहेको नासाले स्पष्ट पारेको छ ।

नासाले स्पेसएक्सको नियमित प्रवेश र स्प्ल्यासडाउन प्रक्रिया नै अपनाइने र प्रशान्त महासागरमा रहेको रिकभरी जहाजमा चिकित्सकहरूको टोली तयारी अवस्थामा रहने जनाएको छ । अवतरणपछि चारै जना अन्तरिक्ष यात्रीलाई क्यालिफोर्नियाबाट ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टर लैजाने समयतालिका भने अझै तय भइसकेको छैन ।

हाल आइएसएसमा एक जना अमेरिकी र दुई जना रूसी अन्तरिक्ष यात्री रहिरहनेछन् । नासा र स्पेसएक्सले फेब्रुअरीको मध्यतिर फ्लोरिडाबाट नयाँ चार सदस्यीय टोली प्रक्षेपण गर्ने तयारी गरिरहेका छन् ।

कम्प्युटर मोडलिङले प्रत्येक तीन वर्षमा मेडिकल निकासी आवश्यक पर्न सक्ने देखाए पनि नासाले ६५ वर्षको मानव अन्तरिक्ष उडान इतिहासमा यस्तो कदम चाल्नु पहिलोपटक हो । विगतमा सन् १९८५ मा सोभियत अन्तरिक्ष यात्री भ्लादिमिर भास्युटिन स्वास्थ्य समस्याका कारण साल्युट–७ स्टेशनबाट चाँडै फर्किएका थिए ।

नासाका नयाँ प्रशासक जारेड आइज्याकम्यानको कार्यकालको पहिलो प्रमुख निर्णय यही मेडिकल निकासी बनेको छ । निर्णय सार्वजनिक गर्दै उहाँले भन्नुभयो, “हाम्रा अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य र कल्याण सधैँ हाम्रो सर्वोच्च प्राथमिकता रहनेछ ।”