१९ असार २०८३, शुक्रबार
,
Latest
स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझ संयमित र एकतावद्ध भएर अगाडी बढ्न आवश्यकः प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म र तराई मधेसका विभिन्न जिल्लामा बसोबार रहेको थारु समुदाय देशविदेशमा समेत फैलिँदै गएको बताउनु भयो । जो जहाँ पुगेपनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परालाई सबैले अनुशरण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले माघ १ गते नेपालका विभिन्न समुदायहरुले फरक फरक नाम, शैली र परम्पराअनुसार चाडपर्व मनाउने गरेको बताउनुभयो । चाडपर्व मनाउने शैली फरकफरक भएपनि त्यसको मर्म एउटै रहेको उहाँको भनाई छ । उहाँले आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व नै सबै चाडपर्वको मर्म भएको उल्लेख गर्नुभयो । उहाँले आपसी सद्भाव, विश्वास, सहकार्यका माध्यामबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म, तराई मधेसका विभिन्न जिल्लामा सघन बसोबास रहेको थारु समुदाय आज काठमाडौमा हुँदै देशविदेशमा फैलिएको छ । जहाँ पुगेपनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परा हाम्रो साझा दायित्व हो । यही चेतनको प्रतिकका रुपमा आज हामी काठमाडौंमा यति भव्य रुपमा माघि पर्व मनाईरहका छौँ । यही नै हामी नेपाली हुनुको सुन्दर विशेषता हो । माघ १ गतेको दिन नेपालका विभिन्न समुदायहरुले फरक फरक नाम, शैली र परम्परा अनुसार चाडपर्व मनाउने गरेका छौँ । तर चाडपर्व मनाउने शैली फरकफरक भएपनि त्यसको मर्म एउटै छ, आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व । हामी विविध छौँ, तर एउटै छौँ । हामी बहुल छौँ, तर संगै छौँ । हामी धेरै भएर नै पुर्ण छौँ । विश्वमान चित्रमा नेपाल एकता, सदभाव र सह–अस्तित्वको अनुपम उदाहरण बनेर उभिएको छ । यही नै हाम्रो मौलिक पहिचान हो । यो नै हाम्रो शक्ति हो । आजको समय हामी सद्भाव, विश्वास, सहकार्यका माध्यामबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु राष्ट्रिय आवश्यकता बनेको छ । वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकतावद्ध भएर अगाडी बढ्न आवश्यक छ । त्यसकारण यस सांस्कृतिक पर्वहरुको मर्म आत्मसाथ गर्दै समाजमा शान्ति सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिकले सबैले आ–आफ्नो स्थानमा सक्रिय भुमिका खेल्नुपर्छ । थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्न सरकार सदैव प्रतिवद्ध छ ।’

उहाँले वर्तमान परिस्थितिमा अझ संयमित र एकतावद्ध भएर अगाडी बढ्नुपर्ने आवश्यकता  औँल्याउनु भयो ।