४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विद्युत प्रशारण तथा वितरणमा खुला पहुँच निर्देशिका जारी, निजी क्षेत्रलाई विद्युत व्यापारको नयाँ ढोका

विद्युत प्रशारण तथा वितरणमा खुला पहुँच निर्देशिका जारी, निजी क्षेत्रलाई विद्युत व्यापारको नयाँ ढोका
अ+ अ-

काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा प्रतिष्पर्धा, पारदर्शिता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित “विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२” जारी गरेको छ । आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ अनुसार तथा नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयद्वारा जारी गरिएको ‘जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क’ को नीतिगत खाका आधारमा उक्त निर्देशिका लागू गरेको हो ।

निर्देशिकामार्फत विद्युत प्रणालीमा भेदभावरहित खुला पहुँच को व्यवस्था कार्यान्वयनमा ल्याउने लक्ष्य लिइएको आयोगले जनाएको छ । यसअन्तर्गत ३३ के.भी. वा सोभन्दा माथिल्लो भोल्टेज स्तरमा जोडिएका ५ मेगावाट वा सोभन्दा बढी क्षमताका विद्युत आयोजना, न्युनतम १ मेगावाट क्षमताका क्याप्टिभ आयोजना, तथा ३३ के.भी. वा सोभन्दा माथिल्लो भोल्टेजमा जोडिएका ५ मेगावाट वा सोभन्दा बढी क्षमताका औद्योगिक तथा व्यापारिक उपभोक्ताले खुला पहुँच सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

निर्देशिकामा अन्तरदेशीय विद्युत व्यापारका लागि खुल्ला पहुँच प्रयोग गर्दा न्यूनतम १० मेगावाट क्षमता हुनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । खुला पहुँच प्रदान गरिएका निकायले यस निर्देशिकाको अधिनमा रही प्रसारण वा वितरण प्रणाली बिना भेदभाव प्रयोग गर्ने अधिकार पाउनेछन् । निर्देशिकामा खुला पहुँचलाई तीन वर्गमा विभाजन गरिएको छ । दीर्घकालीन खुल्ला पहुँच अन्तर्गत ५ वर्षभन्दा बढी, विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म पाउनेछन् भने  मध्यकालीन खुल्ला पहुँच अन्तर्गत १ वर्षभन्दा बढीदेखि ५ वर्षसम्म पाउने व्यवस्था निर्देशिकाले गरेको छ । त्यस्तै अल्पकालीन खुल्ला पहुँचतर्फ १ वर्षसम्म, न्युनतम २४ घण्टाको अवधिका लागि व्यवस्था गरिएको छ । खुल्ला पहुँच प्रदान गर्दा दीर्घकालीन खुल्ला पहुँचलाई पहिलो प्राथमिकता र अल्पकालीन खुला पहुँचलाई तेस्रो प्राथमिकता दिइने व्यवस्था गरिएको छ । यस्तै, खुल्ला पहुँचको निवेदन संकलन, मूल्याङ्कन तथा स्वीकृतिका लागि नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागलाई तोकिएको छ ।
खुला पहुँच प्रयोगकर्ताले प्रयोगकर्ताको प्रकृति अनुसार ९ किसिमका शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । ती शुल्कहरूमा प्रसारण शुल्क,ह्विलिङ शुल्क, डेभिएसन सेटलमेन्ट शुल्क,क्रस सब्सिडी शुल्क,अतिरिक्त सरचार्ज,स्ट्याण्डबाइ शुल्क,रिएक्टिभ ऊर्जा शुल्क,सेड्युलिङ शुल्क, सञ्चालन शुल्क  समावेश छन् । यद्यपि, सबै प्रयोगकर्तालाई सबै शुल्क लाग्ने छैनन् । यी शुल्कहरू आयोगले समय–समयमा निर्धारण गरे अनुसार परिवर्तन हुन सक्नेछन् । दीर्घकालीन खुल्ला पहुँचका हकमा भने प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणमा खुल्ला पहुँच प्राप्तकर्ताले समेत योगदान गर्नुपर्ने हुनसक्छ । निर्देशिका कार्यान्वयनका लागि विस्तृत कार्यविधि निर्माण गरी लागू गर्ने, साथै प्रसारण वा वितरण अनुमति पत्र प्राप्त व्यक्ति र खुल्ला पहुँच ग्राहकबीच हुने खुल्ला पहुँच सम्झौताको नमूना तयार गर्ने व्यवस्था गरिएको छ । खुल्ला पहुँचसम्बन्धी गुनासो भएमा खुल्ला पहुँच गुनासो समाधान समितिमा निवेदन दिन सकिने, र सो समितिको निर्णयप्रति चित्त नबुझेमा आयोगसमक्ष विवाद समाधानका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

खुल्ला पहुँचः विद्युत क्षेत्रमा कोशेढुंगा
आयोगकाअनुसार खुला पहुँचको शुरुवात कुनैपनि देशको विद्युत क्षेत्रमा एक कोशेढुंगा हो । यसले प्रशारण तथा वितरण संरचना निर्माण र सञ्चालनमा निजी क्षेत्रको प्रवेशलाई प्रोत्साहन गर्नेछ । खुल्ला पहुँचअन्तर्गत संरचना निर्माण तथा सञ्चालन गर्ने संस्थाले प्राप्त गर्ने दस्तुरबारे स्पष्टता हुने भएकाले निजी लगानीका लागि अनुकूल वातावरण तयार हुने आयोगको विश्वास छ । यस व्यवस्थाले विद्युत उत्पादकलाई स्वयं बजार खोजी गरी प्रत्यक्ष विद्युत विक्री गर्ने अवसर प्रदान गर्नेछ । साथै, प्रसारण अनुमति पत्र प्राप्त व्यक्तिको संरचनामा उपलब्ध क्षमताको प्रयोग गरी निजी क्षेत्रलाई स्वदेश तथा विदेशमा विद्युत निर्यात गर्ने नियामकीय आधार समेत प्रदान गर्ने आयोगको विश्वास छ ।
खुल्ला पहुँचले उत्पादन, प्रशारण र वितरण प्रणालीलाई दक्षतापूर्ण रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्ने तथा प्रसारण संरचनाको प्रयोग क्षमता बढाउने अपेक्षा गरिएको छ । भविष्यमा ग्राहस्थ उपभोक्ताले समेत विद्युत आपूर्तिकर्ता छनोट गर्न सक्ने प्रणाली विकास गर्न खुल्ला पहुँच अनिवार्य पूर्वाधार हुने आयोगको धारणा छ ।

उत्पादन क्षेत्रमा देखिएको चुनौतीको समाधानतर्फ संकेत
हाल विद्युत खरिद–विक्रीमा देखिएका चुनौतीका कारण उत्पादन आयोजना अघि नबढ्ने र विद्युत विकास नै प्रभावित हुने चिन्ता देखिएको अवस्थामा खुला पहुँचले उत्पादनलाई सम्भावित बजारसँग प्रत्यक्ष जोड्ने माध्यम प्रदान गर्ने आयोगले जनाएको छ । यसले दक्ष प्रवद्र्धक र व्यवसायीलाई नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता कुर्नु नपरी आयोजनामा लगानी गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ ।
खुल्ला पहुँचको व्यवस्थाले विद्युत क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोल्ने आयोगको निष्कर्ष छ ।