४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अबको युग गगन थापाकोः काँग्रेस नेताहरु

अबको युग गगन थापाकोः काँग्रेस नेताहरु
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डिला संग्रौलाले नेपालको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताउनुभएको छ ।

थापा नेतृत्वको केन्द्रिय कार्य समितिको बैठकमा भाग लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अबको युग गगन थापाको भएको बताउनुभएको हो । उहाँले देश चलाउनको लागी नयाँ सोच, विचार र एजेण्डा चाहिने बताउनु भयो । त्यो आशा र भरोसा जगाउनसक्ने सभापति भनेको गगन थापा मात्रै रहेको उहाँको भनाई छ । जनताका अपेक्षालाई पूरा गर्न आफूहरु प्रतिवद्ध रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गगन थापाको नेतृत्वले देश हाँक्नेछ । देश हाक्नको लागि नयाँ सोच, नयाँ विचार र एजेण्डा चाहिन्छ । त्यो आशा र भरोसा जगाउनुपर्नेछ । त्यो जगाउनसक्ने सभापति गगन थापा हो । अब युग शुरु भएको छ, युग नायक पुनर्जागरणको युगमा । धेरै एजेण्डा छन्, धेरै अपेक्षा छन्, त्यो अपेक्षालाई पूरा गर्न हामी प्रतिवद्ध छौँ ।’ 

सहमहामन्त्री बहादुर सिंह लामाले जेन–जीको आन्दोलनले नयाँ रुपान्तरण खोजेकोले सोही अनुसार आफूहरु अगाडी बढेको बताउनु भयो । एउटै अनुहार देखेर जनता वाक्क भइसकेको उहाँको भनाई छ । उहाँले आगामी निर्वाचनमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा लिएर जनताको जाने बताउनु भयो । उहाँले विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने उल्लेख गर्नुभयो । विशेष महाधिवेशनले जनताको र युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि लगायतका स्पष्ट निति पारित गरेकोले सोही नीतिअनुसार अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जेनजीको आन्दोलनले के भन्छ भने एकै अनुहार देखिरहँदा पनि अलिकति गाह्रो भयो, सुशासन कायम गर्ने, रोजगारी गर्ने कुराहरु लगायतका मुद्दा लिएर चुनाव हुन लागेको छ । चुनावमा के मुद्दा लिएर जाने त ? भरोसा त दिनुप¥यो नी, जब मुद्दा हुँदैन, तबसम्म जनताले भोट दिँदैन । त्यसले गर्दा हामीले गरेका कामहरुको केही कमीकमीकमजोरीहरुलाई पनि सुधार गरेर जान्छौँ । सबै कुरामा सुधार गरेर सुशासन हामी यसरी दिन्छौँ भनेर विशेष महाधिवेशनले स्पष्ट नीति पास गरेको छ । जनताको मन छुने, युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि यसरी गर्छौं भनेर हामीले पुष्टी गरेका छौँ ।’ 

सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा पार्टीले भाग लिने बताउनु भयो । उहाँले चुनावको अगाडी अन्यौल सिर्जना गर्न खोजेको नभई सबै नयाँ जोश जाँगर लिएर आएको बताउनु भयो । निर्वाचनको लागि ६ गते उम्मेद्वारी दर्ता गर्नुपर्ने भएकोले त्यसको लागि पार्टीले विभिन्न निर्णय गर्ने जानकारी दिनुभयो । बैठकले घोषणापत्र तयार गर्ने, निर्वाचन परिचालन समिति गठन गर्ने लगायतका विभिन्न समितिहरु बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनावको अगाडी अन्यौल सिर्जना गर्न खोजेको होइन । हामी चुनावमा जानसक्छौँ । निर्वाचनको लागि ६ गते नोमिनेशन छ, त्यो भन्दा अगाडी हामीले टिकेट पनि बाढ्नुप¥यो । हाम्रो घोषणापत्र तयार हुनुप¥यो । हाम्रो परिचालन समिति पनि तयार गर्नुप¥यो । निर्वाचन परिचालन सम्बन्धी विभिन्न समितिहरु हामीले बनाउनुपर्छ । आजको बैठक चाहीँ हामीले हतारिएर राखेको छोँ । हामीहरु सबै नयाँ जोश जाँगर लिएर आएका छौँ ।’ 

गगन थापा नेतृत्वको नेपाली काँग्रेसको पहिलो केन्द्रिय समितिको बैठक बिहीवार ललितपुरको कुपण्डोलमा बसिररहेको छ ।