४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

६ महिनामा ५ खर्ब ८१ अर्बभन्दा बढी राजश्व संकलन

६ महिनामा ५ खर्ब ८१ अर्बभन्दा बढी राजश्व संकलन
अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कुल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयकाअनुसार  यो रकम पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । सोअनुसार पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिव १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ ।

अर्थमन्त्रालयकाअनुसार पुस महिनामात्रैको राजश्व संकलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ । यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९.९६ प्रतिशत रहेको छ ।

त्यसैगरी पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको अर्थमन्त्रालयले उपलव्ध गराएको विवरणमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएको थियो । उक्त वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा पुस २९ गते (मसान्त) सम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको थियो ।

त्यस वर्ष पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो । अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार चालु आर्थिक वर्षमा पुस महिनाको राजश्व संकलन अघिल्लो वर्षको सोही अवधिभन्दा केही सुधार देखिए पनि समग्र रूपमा पुससम्मको लक्ष्य प्राप्ति भने अझै चुनौतीपूर्ण देखिएको छ । बाँकी महिनामा राजश्व संकलनलाई तिब्र बनाउन नीतिगत र कार्यान्वयन तहमा थप प्रभावकारी प्रयास हुने अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताउनुभयो ।
पाण्डेयले भन्नुभयो–‘जेनजी आन्दोलनका कारण पछि पहिलो त्रैमासमा राजस्व संकलनमा केही अप्ठ्यारा आए, तर पछिल्ला दिनमा राजश्व संकलन सकारात्मक छ, आगामी दिनमा लक्ष्य अनुसार राजश्व उठ्ने सम्भावना छ ।’

पाण्डेयकाअनुसार अर्थमन्त्रालयले राजश्व चुहावट रोक्दै आगामी दिन लक्ष्यअनुसार राजश्व उठाउन सबै मातहतका निकायलाई निर्देशन दिइरहेको छ ।