४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार अभावप्रति प्रधानमन्त्रीको चिन्ता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार अभावप्रति प्रधानमन्त्रीको चिन्ता
फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले जुम्लाजस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान स्थापना हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भएपनि आवश्यक संरचना नहुनु बिडम्वनापूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले बजेट स्थानान्तरण गरेर स्रोत जुटाउन समेत सरकारलाई समस्या हुने गरेको बताउनु भयो । उहाँले नियमित काम गर्न खोज्दा विभिन्न अवरोधको सामना गर्नुपर्ने तथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपको डरले समेत काम गर्न कठिनाइ हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्दाखेरी त्यहाँका स्थानीयलई केही न केही सुविधा त पुगेकै छ । सानो सानो उपचार गर्नको लागि पनि बाहिर जानुपथ्र्यो । अहिले त्यसको समाधान भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास भइसकेपछि एउटै संस्थाले पनि त्यो क्षेत्रको विकासका लागि धेरै नै महत्व राख्छ । जुन योजना तयाइहरुले देखाउनुभएको छ । त्यसरी नै हो भने धेरै राम्रो देखियो तर दुभाग्र्यको कुरा के छ भने तपाईहरुले जुन यसको विकासको निम्ति सानो सानो कुरा मागिरहनुभएको छ त्यहाँ होस्टेल छैन, स्टाफ र डाक्टरहरुका लागि समेत आवासको सुविधा छैन भन्नुभयो । हामीले यति सानो कुरा पनि हामीले पुरा गर्न सकिरहेका छैनौँ । फेरि यताको उता गर्न पनि नुहने रहेछ । नियमित काम गर्दैछु भन्दापनि अनेकौ बात लाग्छन् नि । कहिलेकाँही त अख्तियार पनि आइलाग्छ ।’ 

उहाँले उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गरी नागरिकको सेवामा लागिरहन समेत प्रतिष्ठान प्रशासनलाई निर्देशन दिनुभयो ।