• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

नेकपा: पार्टी कमिटी नबन्दा गतिविधि ठप्प



कास्की । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले जिल्लाको पोखरा महानगरपालिकाबाहेक चार स्थानीय तहमा पार्टी कमिटी टुङ्गो लगाउन नसक्दा पार्टीका गतिविधि ठप्प भएका छन् । पोखरा महानगर र चार गाउँपालिका रहेको जिल्लामा गाउँपालिकामा नेतृत्व चयन नहुँदा पार्टीका नियमित गतिविधि लामो समयदेखि रोकिएपछि कार्यकर्तामा निराशा छाएको छ । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा केन्द्रमा पार्टी एकता भएर नेकपा गठन भए पनि तल्ला कमिटीमा साङ्गठनिक एकताले अझसम्म पनि पूर्णता पाउन सकेको छैन ।

महानगरका इञ्चार्ज, अध्यक्ष, सचिव र ३३ वटै वडामा अध्यक्ष, सचिव तथा वडा कमिटी बने पनि महानगर कमिटी बन्न सकेको छैन । महानगरपालिकाका वडामा भने पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण नियमित भएका छन् । माछापुच्छ्रे अन्नपूर्ण, रुपा र मादी गाउँपालिकाका वडाका अध्यक्ष र सचिव जिल्लाबाट तोकिएको लामो समय बित्दासमेत अन्य सदस्य चयन भएका छैनन् । गाउँपालिकाका अध्यक्ष र सचिव तथा पालिका सदस्यको समेत टुङ्गो लाग्न सकेको छैन । चार गाउँपालिकामध्ये साविक दुई पार्टीका बीचमा दुईदुई पालिकाको नेतृत्व गर्ने गरी भागबण्डा भए पनि व्यक्तिका बारेमा सहमति नबन्दा नेतृत्व चयनमा ढिलाइ भएको बताइन्छ ।

माछापुच्छ्रे–३ घाचोकका वडा पार्टी कमिटीका सचिव कमल भुजेलले अध्यक्ष र सचिव दुई जना मात्रको बैठक बस्न र पार्टीका गतिविधि सञ्चालन गर्न कठिनाइ भएको बताए । वडाको पार्टी कमिटी नबन्दा स्थानीय सरकारसँग समन्वय गर्नसमेत कठिन हुँदा विकासनिर्माणका कार्यसमेत प्रभावित भएको तथा कार्यकर्तालाई वैचारिक प्रशिक्षणको अभावमा अनुशासन बाहिरका गतिविधि बढ्ने हो कि भन्ने चिन्ता बढेको उनले उल्लेख गरे ।

“पार्टी कमिटी फर्मेशन नहुँदा स्थानीयस्तरमा पार्टीका गतिविधि अघि बढाउन सकिएको छैन । भेला, प्रशिक्षणलगायत पार्टीका नियमित गतिविधि लामो समयदेखि ठप्प प्रायः छ”, भुजेलले भने । पार्टी जिल्लाले भने पालिकास्तरमा कमिटी निर्माणको प्रक्रिया शुरु भएको जनाएको छ । उपनिर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायत कारणले ढिलाइ भए पनि अब छिट्टै एकीकरणको काम सकिने पार्टी जिल्ला सचिव बखानसिंह गुरुङले बताए ।

उनले भने, “पार्टीको आन्तरिक कारणले नै तल्ला कमिटीको पूर्णतामा ढिलाइ भएको छ । अब यसलाई हामी तुरुन्त पूरा गर्नेतर्फ लाग्छौँ ।” जिल्लाले पालिकाको नेतृत्व चयन गरेर अनुमोदनका लागि प्रदेश कमिटीलाई सिफारिश गरेपछि मात्र तल्ला कमिटीले पूर्णता पाउने बताइन्छ । महानगर कमिटीमा रहने सदस्य तय गरी जिल्लाले प्रदेशलाई अनुमोदनका लागि पठाएकाले प्रदेशले पारित गरेसँगै गठन गरिने नेकपाले जनाएको छ ।