१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

प्रतिनिधिसभाको आजको बैठकमा के-के भयो ? सांसदहरुले कुन-कुन विषय उठाए ?

प्रतिनिधिसभाको आजको बैठकमा के-के भयो ? सांसदहरुले कुन-कुन विषय उठाए ?
अ अ+ अ-

काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समय लिएर सांसद दिलेन्द्रप्रसाद बडूले चीनबाट फैलिएको कोरोना भाइरसको उपचारमा के तयारी छ, चीनमा कति विद्यार्थी छन्, उपचारको के व्यवस्था छ भनी जवाफ माग गरे । सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस फैलिएको चीनबाट नेपाल आउने यात्रुको क्वारेन्टाइन गर्ने व्यवस्था गरिएको छ वा छैन भनी त्यसको व्यवस्था गर्न माग गरे ।

सांसद प्रकाश स्नेही रसाइलीले कोरोना भाइरसका कारण चीनसँगको हवाईलगायत आवागमन बन्द गर्नुपर्नेमा जोड दिए । सांसद देवेन्द्रराज कँडेलले नेपाल भ्रमण वर्षको उद्घाटन भव्यरूपमा गरिए पनि चीनबाट फैलिएको कोरोना भाइरसले प्रभाव पर्ने देखिएकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराए । सांसद प्रदीप यादवले चीनमा रहेका नेपाली विद्यार्थीलाई कहिले फिर्ता गराउने, ल्याइएको विद्यार्थी राख्ने ठाउँ कहाँ छ भन्ने जिज्ञासा राख्दै संसद् भवन नै खाली गरी पालमा संसद् चलाउने कि भनी प्रश्न गरे ।

सांसद बालकृष्ण खाँणले चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले भायनक रूप लिएकाले नेपालमा सङ्क्रमण नफैलियोस् भनी सरकारले ध्यान दिनुपर्ने माग गरे । सांसद डिला सङ्ग्रौलाले मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउन पहल भयो कि भएन भन्ने जिज्ञासा राख्दै चिकित्सा आयोगको उपाध्यक्षका विषयमा उठेका प्रश्नबारे स्पष्ट पार्न सरकारसँग माग गरे । सांसद दलबहादुर रानाले आर्थिक वर्षको छ महिना बितिसक्दा पनि विकास निर्माणका आयोजनाका काम शुरु हुन नसकी प्रक्रियामै अल्झिएकाले अर्थ मन्त्रालयलगायत सरोकार निकायको ध्यान जानुपर्ने बताए।

सांसद दिलकुमारीले सर्लाहीमा बालुवा उत्खनन गर्दा बालकको निधन भएको घटना सेलाउन नपाउँदै धनुषामा बालुवा–गिट्टी नियम विपरीत उत्खनन भएको आवाज उठाउँदा ओमप्रकाश महतो मारिएकाले अतिक्रमण नरोकिने सङ्केत देखिएको तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा पौडेलले उखु किसानले कम मूल्यमा बिक्री गरे पनि पाउन नसकेकाले पूरा मूल्य पाउने व्यवस्था गर्न माग गरे । सांसद देवप्रसाद तिमल्सिनाले किसानले उखु बेच्न नपाउने, बेचे पनि मूल्य नपाउने गरेकाले सरकार कानमा तेल हालेर बसेको बताए । सांसद नागेन्द्रकुमारले उखु किसानसँगको सम्झौता कार्यान्वयन छिटो हुनुपर्नेमा जोड दिए ।

सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिनुभए पनि एनसेल लाभकर, हयात होटल, बालुवाटार जग्गा प्रकरणसमेतमा भइरहेको छानबिनलगायत प्रगतिका बारेमा जानकारी पाऊँ भने। सांसद नारायणप्रसाद खतिवडाले ठेक्का भइसकेका सडकको काम नहुँदा नेपाल भ्रमण वर्षमा प्रभाव पर्ने भएकाले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराए । राजधानीबाट नुवाकोटको पर्यटकीयस्थल ककनीलगायत स्थानमा जाने सडक जीर्ण रहेको उनको भनाइ थियो । सांसदद्वय निरुदेवी पाल र पार्वतीकुमारी विसुङ्खेले सुदूरपश्चिम र मध्यपश्चिमका महिलाले छाउगोठमा जीवन बिताउनु परेकामा पछिल्लो समय शुरु भएको गोठ भत्काउने अभियानले सहयोग मिलेको बताए ।

सांसद पवित्रा निरौलाले निर्माण सामग्री जुटाउने नाममा झापाको चुरे दोहन भइरहेकाले रोक्न माग गरे । वातावरणीय प्रभावको समेत वास्ता नगरी नदीमा हुने अवैध उत्खनन रोक्नुपर्नेमा उनले जोड दिए । सांसद पुष्पा भुसालले अछाम जिल्लाको एक स्थानीय तहका वडाध्यक्ष पदमबहादुर धामीको निर्ममतापूर्वक हत्या गरिएको, स्थानीयवासीले शव उठाउन नदिएकाले सुरक्षाकर्मी पठाई त्यसको वास्तविकता छानबिन गर्न माग गरे ।

सांसद पूर्णाकुमारी सुवेदीले संसद् र संसदीय समितिको वार्षिक वा मासिक क्यालेन्डर बनाउन सुझाव दिए । सांसद प्रेमप्रसाद तुलाचनले चीनसँग सीमा जोडिएको कोरला नाका जाने सडक समयमा पूरा नभएको, २०० किमी सडक वर्षौंदेखि अलपत्र रहेकाले तीनवटा ठूला ठूला भिरको काम हुन नसकेको बताए । सांसदद्वय प्रेम सुवाल र नवराज सिलवालले पनि शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।