४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण होः प्रधानमन्त्री कार्की

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण होः प्रधानमन्त्री कार्की
फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताउनुभएको छ ।

बुधवार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उहाँले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सिमित नरहेको बताउनुभएको हो ।

उहाँकाअनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति हो । स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा वाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने उहाँले बताउनु भयो । स्वजागरणले अधिकार मात्रै माग्ने नभई कर्तव्यको बारेमा पनि जानकारी राख्ने उहाँको भनाई छ ।

नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको उहाँले बताउनु भयो । स्वजागरण व्यक्तिगत रूपान्तरणमा मात्र सिमित नभई नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगसँग जोडिँदै विश्वव्यापी बन्न गएको उहाँले बताउनु भयो । सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सिमित नभएकाले निजी क्षेत्र, नागरिक समाज र विशेषगरी प्रविधिमैत्री तथा सचेत युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको प्रभावकारी निगरानी र युवाको सिर्जनशीलता, नवप्रवर्तन तथा जिम्मेवार नागरिकको चेतना बिना समावेशी र दिगो सुशासन सम्भव नहुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘समृद्धिको आधार स्तम्भ नै स्वजागरण हो । स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्रै होइन, यो आन्तरिक रुपमा व्यक्तिगत खुशी र शान्त रहन सिकाउने र वाह्य रुपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पु¥याउने प्रयोगात्मक जीवन पद्धति पनि हो । स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशाशित र सचेत बनाउन सिकाउँछ, त्यसपछि मात्रै परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ । स्वजागृत व्यक्तिले अधिकार मात्रै खोज्दैन, आफ्नो कर्तव्य के हो ? भन्ने प्रश्न आफैसँग गर्छ । नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकिय सुधार अरिहार्य भइसकेको छ । यसरी स्वजागरण व्यक्तिगत रुपान्तरणमा मात्रै सिमित नरही नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगको विश्वव्यापी अभ्यास बन्दै गएको छ । सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सिमित रहन सक्दैन । यो निजी क्षेत्र नागरिक समाज र विशेषगरी परिवर्तनप्रति सचेत प्रविधिमैत्री र प्रश्न गर्नसक्ने क्षमता भएको युवापुस्तासम्म विस्तार हुनैपर्छ । निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको निगरानी र युवाको सिर्जनशिलता, नवप्रर्वतक तथा जिम्मेवार नागरिक चेतनाविना समावेशी र दिगो सुशासन सम्भव छैन ।’ 

उहाँले विकास र समृद्धिको लागि सीपयुक्त दक्ष जनशक्ति निर्माणमा गर्नुपर्नेमा जोड दिनुभयो । युवापुस्तामा सिर्जनशीलता र दक्षता अपरिहार्य रहेको उहाँको भनाई छ ।