१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने  बताउनुभएको छ ।

पार्टी कार्यालयमा आज आयोजित पार्टी एकीकरण कार्यक्रममा उहाँले विगतमा आफूहरूले उठाएको हिन्दू राष्ट्र, राजसंस्थालगायत मुद्दा अहिले सबैभन्दा लोकप्रिय अवस्थामा पुगेकाले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सैद्धान्तिक रूपमा निकट रहेका अन्य राष्ट्रवादी शक्तिहरूसँग धुर्वीकरण हुने क्रम तीव्र रूपमा बढेर गएको बताउँदै अध्यक्ष लिङ्देनले विगतका चुनावमा राप्रपा अनेक खण्डमा विभाजित भएर गएको र आसन्न निर्वाचनमा पार्टी एकताबद्व भएर जाने उल्लेख गर्नुभयो ।

देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको पक्षलाई संरक्षणका लागि पार्टी प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष लिङ्देनले पार्टी सङ्गठनलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशमा विद्यमान राजनीतिक अस्थिरता, अन्योलता समाधान गर्न सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गर्दै त्यसका लागि आफ्नो पार्टीसक्षम रहेको दाबी गर्नुभयो । रासस